-नेकपा एमालेको आन्तरिक विवाद मिलाउन दोश्रो दर्जाका नेताहरुबीच बैठक

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन दोश्रो दर्जाका नेताहरुबीच बैठक

Hollywood Khabar June 07,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको अन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधब कुमार नेपाल पक्षका दोश्रो तहका नेताहरुबीच बैठक भएको छ। उसै पनि पार्टी अब एक भएर नजाने उद्घोष गरेका नेपाल पक्षलाइ सम्मानजनक लिएर जान एमाले संक्ने अवाशामा छैन।

आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि ६ बुँदे सार्वजनिक रुपमा प्रस्ताव गरेका थिए। सोमबार असन्तुष्ट माधव कुमार नेपाल समूहले जालसाझी भन्दै उक्त प्रस्तावलाई अस्वीकार गर्‍यो। यसपछि मंगलबार साँझ ललितपुरको समिट होटेलमा दुवै समूहको दोस्रो तहका नेताहरु छलफलका लागि पुगेका छन्। छलफलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु रहेका छन्।