तस्बिर साभार वेब

पाल्पामा नौमती बाजा प्रतियोगिता सम्पन्न: सेतिपोखरी समूह पहिलो

Hollywood Khabar August 22,2019 Comments

६ भाद्र पाल्पा।पाल्पामा शुक्रबार नौमती बाजा प्रतियोगिता सम्पन्न भएको छ।तानसेन नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका दश समूहले भाग लिएका थिए। शुक्रबार तानसेनको टुँडिखेल मैदानमा भएको प्रतियोगितामा तानसेन नगरपालिका-५ को सेतिपोखरी नौमती बाजा समूह पहिलो भएको छ । प्रतियोगितमा लालुपाते नौमति बाजा समुह वडा नम्बर ७ दोस्रो र चण्डीटोल विकास नौमति बाजा समुह वडा नम्बर ११ तेस्रो भएका छन्।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार नगद, दोस्रोले २० हजार र तेश्रो हुनेले १० हजार नगद प्राप्त गरेको छ।शनिबार तानसेनमा मनाईने एैतिहाशिक भगवती जात्राको अवसरमा प्रतियोगिता आयोजना गरिएको तानसेन नगरपालीकाले जनाएको छ । स्थानिय कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले जिल्लामै पहिलोपटक पन्चेबाजाको प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् ।