साङ्केतिक तस्बिर:साभार वेब

परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरले गर्दा गाउँपालिका अध्यक्ष प्रहरी हिरासतमा

Hollywood Khabar September 09,2019 Comments

२४ भाद्र काठमाण्डौं।एक जना गाउँपालिका अध्यक्षलाई परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरले प्रहरी हिरासतसम्म पुर्याएको छ। प्युठान जिल्लाको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई आइतबार प्रहरीले हिरासतमा लिएको हो।

बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको छ।दुई छोरीका पिता गिरी आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा समातिएका हुन्।

पत्नी सीताले भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरेकी थिइन्।गाउँपालिका अध्यक्ष गिरीले आफूसँग प्रेममा परेकी युवतीसँग कोठाभित्र रहँदाका अर्धनग्न तस्वीरहरु आफ्नो मोबाइलमा खिचेर राखेका थिए।श्रीमती सिताले त्यसैबाट गिरीको परस्त्रीसँगको सम्बन्धको जड पत्ता लगाएकी थिइन् । गिरीले भने आफूले बहुविवाह नगरेको दाबी गर्दै आएका छन् ।