तस्बिर:साभार वेब

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको कारण तेह्रथुमको आठराई गाउँपालिकामा सार्वजनिक बिदा !

Hollywood Khabar February 21,2020 Comments

११ फागुन तेह्रथुम।प्रधान मन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा तेह्रथुमको आठराई गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ।प्रधानमन्त्री ओली जन्मथलो आठराई गाउँपालिका–४ इवामा विभिन्न कार्यक्रमका लागि आउन लागेकाले गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो।प्रधानमन्त्री ओली आफ्नो ६९ औं जन्मदिन मनाउन आफ्नो जन्मथलो तेह्रथुम जाने भएका छन्।

ओलीले आइतबार आठराईको सुकेपोखरीबाट जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँघुबाट ताप्लेजुङको दोभान जोड्नेे करिब १ सय किलामिटर दूरीको मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रम रहेको अध्यक्ष मानबहादुर लिम्बुले जानकारी दिए।

नेकपा आठराईका इन्चार्ज भीम घिमिरेले ओलीले आठराई क्षेत्रका ७० वर्ष कटेका ४ सय जेष्ठ नागरिकलाई सम्मान गर्ने र गाउँपालिका भित्रका विभिन्न विद्यालयका १ हजार २ सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।