साङ्केतिक तस्बिर:साभार वेब

प्रहरी जवानको ज्यान जाने गरि बानेश्वरमा मोटरसाइकल दुर्घटना

Hollywood Khabar November 15,2019 Comments

१ मंसीर काठमाण्डौ।काठमाण्डौको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान गोकुलबहादुर रोकायको ज्यान गएको छ।शनिबार बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका रोकायको ज्यान गएको प्रहरीले जनाएको छ। 

उहाँको उपचारको क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो।दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भैरहेको छ। प्रदीप सशस्त्र प्रहरी बल राष्ट्रिय प्रतिष्ठान मातातीर्थमा तालिमरत रहेको पनि प्रहरीले जनाएको छ१।