मलाई जन्माउन कम्ति कस्ट भएन र तिमीलाई
तिमीले त बिर्सेउ होला त्यो दिन,त्यो छट्पटी
रगतको खोलो बगाउँदै मेरो मुहार हेरेर प्राण त्याग्न
छटपटाइ रहेका ति रगतम्य शरीर …
चुक्क बोल्न दिईएको तिमीलाई
तैपनि तिम्रा आवाज रोकिएनन्
तिमि जोरले कराउँदै प्राण त्याग्यौ
मेरो जन्म भयो २००७ साल फागुन सातमा
तिमि गुमाउनुको कठोर पिडालाई
मेरो जन्मले मल्हम लगाएको थियो
नामकरण भयो मेरो त्यसै दिन
प्रजातन्त्र !आहा कति सुन्दर नाम
सबैको मन मुटुमा बस्ने प्यारो नाम
मेरो जन्म संगै खुशीले फुरफुर हुँदै
कतिले आफ्नो सुन्दर भविष्यको परिकल्पना गरे
खवरदार !मेरो अपमान नगर
मेरो नाम जप्दै मेरो बदनाम नगर
म जन्मे र त तिमि हाँस्न पाएका छौ
मेरै सब्दको भाकामा त तिमि नाच्न पाएका छौ
डर त्रास मेटाउँदै बुलन्द आवाजमा
देश सुन्दर शान्त र सम्रिद्दीको जयजयकार गर्दै
मेरी आमाको काखमा आर्थिक विकाश संगै
सामाजिक,सांस्कृतिक रुपान्तरणका गित गाउँदै
गर्वका साथ् मेरो जन्म दिनमा गुन्जियोस आवाज
नेपालको पहिचान प्रजातन्त्र,गणतन्त्र,लोकतन्त्र…
देश र जनताको विकाशको एउटै मूलमन्त्र।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!