-बाइडेन ४९% र ट्रम्प ४२%

मत सर्भेक्षणमा चाहिँ बाइडेन जित्छन तर ३९ दिन पछिको निर्वाचनमा को जित्ला ?

Hollywood Khabar September 25,2020 Comments

अमेरिकाको आसन्न नोवेम्बर ३, २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति डनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका नोमिनी जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ।

निर्वाचनलाइ लिएर धेरै संचार निकायहरुले मत सर्भेक्षण गरेका छन्। सबैजसोको मत सर्भेक्षण धेर-थोर फरक आएता पनि राष्ट्रिय रुपमा सबैले बाइडेन अगाडी रहेको देखाएका छन्। हुन त २०१६ को निर्वाचनमा पनि हिलारी क्लिन्टन नै अगाडी थिइन तर परिणाम फरक आयो।

अमेकाको जम्मा ५३८ एलेक्ट्रोरल मतमा राष्ट्रपतिको लागि बिजयी हुनको लागि २७० एलेक्ट्रोरल मत प्राप्त गर्नुपर्छ। राष्ट्रिय स्तरमा 2020 Presidential Election Polls ले दिएका सेप्टेम्बर २५, २०२० शुक्रबाटको नतिजा अनुसार बाइडेन ४९% र ट्रम्प ४२% को पतिस्पर्धामा रहेका छन्।