-प्रोटेष्ट र समर फनसँगै क्यालिफोर्नियामा कोरोना फेरि बढ्न थाल्यो

प्रोटेष्ट र समर फनसँगै क्यालिफोर्नियामा कोरोना फेरि बढ्न थाल्यो

Hollywood Khabar June 25,2020 Comments

हलिउडखबर/६/२६/२०

क्यालिफोर्निया राज्यका ५८ मध्य ७ काउण्टी बाहेक फेज ३ मा पुगेको भएता पनि हाल आएर कोभिड १९ को संक्रमण फेरि बढेको कुरा राज्यले बताएको छ।

पछिल्लो समय बिशेष गरि मेमोरियल वेकेण्ड, प्रोटेष्ट र समर फन जस्ता गतिबिधिले कोभिड १९ को संक्रमण बढेको अनुमान स्वास्थ्य अधिकारीहरुको छ। मासमा बस्दा मास्क नलगाउने, हेल्थ प्रोटोकल फोलो नगर्दा पनि यस्तो भएको कुरा बताइएको छ।

जुन २६, २०२० मा स्टेट अफ क्यालिफोर्नियाले दिएको रिपोर्ट अनुसार ५,८१२ जनाको कोभिड १९ बाट मृत्यू भएको छ। दुइ दिन अगाडि जुन २४, मा यो संख्या ५,७३३ थियो। अहिले कोभिड १९ बाट मृत्यू हुने दर बढेर १.४% भएको बताइएको छ।

त्यसैगरी संक्रमति टेष्टको नतिजा ३७,७१,३१४ पुगेको छ। यो संख्या दुइ दिन पहिला भन्दा ७६,९६९ बढी हो। यो संख्याले कोरोना व्हात्यै बढेको देखाउँछ। गत १४ दिनमा पोजिटिभ टेष्टको रेट चाहिँ ५.३% छ। बुधबार भन्दा आज कोभिड १९ का कारण १४० जना धेरै व्यक्ति अस्पताल भर्ना भएका छन्।