गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी निर्वाचन २०१७-२०१९ कार्यकालका लागि अध्यक्ष पदकी उम्मेद्धार रबिना थापा यही मार्च ९ देखि १२ सम्म सान फ्रान्सिस्कोमा हुनुहुने छ।
संस्थाको सदस्यता बितरण तथा नवीकरणका साथमा ११ मार्चमा NWGN क्यालिफोर्निया च्याप्टरद्धारा आयोजित महिला दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा संबोधन गर्नुहुने छ। यसका साथै १२ मार्च २०१७ का दिन सान फ्रान्सिस्कोका नेपाली समुदायसँग आफ्नो अध्यक्ष पदको उम्मेद्धारी, प्रमुख एजेन्डाहरु र सँस्थाबारे अन्तरकृमा समेत सहभागी हुनुहुनेछ। थापाले गत हप्ता न्यूयोर्कको भेटघाट सकेर, डिसीमेट्रो एरियामा व्यापक तयारी सकेपछि क्यालिफोर्नियाको दौडाहामा लाग्नु भएको हो।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!