https://www.youtube.com/embed/l8Qapigr0Uw

राजेन्द्र सापकोटा पोखरामा पानी बटौलिमा घामले गर्दा दोधारमा परे

Hollywood Khabar August 10,2018 Comments

नेपालीहरुको महान पर्व तीजको शुभकामना सहित गायक राजेन्द्र सापकोटाको उत्कृष्ट तीज कोशेली पोखरामा पानी बटौलिमा घाम बजारमा आएको छ।

प्रविन खत्रीको उत्कृष्ट शब्द तथा राजेन्द्र सापकोटाको लयमा तिज गित बजारमा आएको छ। उक्त गीतमा चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र राजेन्द्र सापकोटाको सुमधुर स्वर रहेको छ।

नेपाली चेलीबेटीहरुको तिजको माहोल तातिरहेको बेला चेतनामुलक तथा मनोरन्जनात्मक उक्त म्युजिक भिडियोमा निर्मल, राज, रिना र सिर्जनाले अभिनय गरेका छन्। गीतको भिडियो निर्देशन जय कुमार परियारले र सम्पादन सन्तोष सरु मगरले गरेका छन्। तारानाथ आचार्यले संगीत संयोजन गरेको भिडियोलाई गणेश सापकोटाले छायाँकन गरेका छन्। बजार व्यवस्थापन तथा वितरण भने रोयल च्वाईस म्युजिक प्रा.लिले गरेको छ।