-निर्माधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग जुटाउन महायज्ञ गरिने 

Hollywood Khabar January 11,2020 Comments

२८पुस, चितवन।धुर्मस-सुन्तली फाउण्डेशनद्वारा चितवनको भरतपुरमा निर्माधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन धनधान्याचल महायज्ञ गरिने भएको छ ।फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले   महायज्ञबाट ५० करोड उठाउने लक्ष्यका साथ्  आगामी माघ १९ गतेदेखि २६ गतेसम्म  पण्डित दिनबन्धु पोखरेल   प्रमुख वाचक रहेर रंगशाला निर्माणस्थल भरतपुर १५ मा महायज्ञ गर्न लागिएको जानकारी दिए।महायज्ञ उदघाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति हुने रउनीहरुबाट नै महायज्ञ उदघाटन गराउने योजना छ।संयोजक विजय सुवेदीले १ हजार १ सय ११ सदस्यीय मुल आयोजक समिति, १५ जनाको स्टेरीङ र १०१ जनाको सचिवालय बनाइने जानकारी दिए।  

धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिराराम कट्टेल धुर्मुसले ७७ वटै जिल्लाका कक्ष रंगशालामा बन्ने भएकोले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई अपनत्व गराउने माध्यम र जोडिनका लागि सहज होस् भनेर महायज्ञ गर्न लागिएको बताए । रंगशालामा कमलको फूलको पत्ता सातवटा प्रदेश झल्काउने खालेको रहेकाले सातै प्रदेशमा पछि ठूला महायज्ञ पनि गर्न सकिने पनि  फाउण्डेशनका अध्यक्ष सिराराम कट्टेल धुर्मुसले बताए ।अहिले रंगशालाको पिच र ड्रेनएजको काम भैरहेको छ भने दैनिक तीन सय जना मजदुरले रंगशालामा काम गरिरहेका छन् ।