साङ्केतिक तस्बिर:साभार वेब

जबरजस्ती करणी गरेको अभियोगमा अनिल नेमकुल पक्राउ

Hollywood Khabar October 05,2019 Comments

१९ असोज,ललितपुर।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ सानोगाउँ बस्ने २९ वर्षीय अनिल नेमकुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

नेमकुलले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको महानगरिय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताए ।