-रातो मच्छिन्द्रनाथको रथयात्राको अन्यौलता हटाउने जिम्मेवारीबाट मेयर महर्जन पछाडी हच्किए

रातो मच्छिन्द्रनाथको रथयात्राको अन्यौलता हटाउने जिम्मेवारीबाट मेयर महर्जन पछाडी हच्किए

Hollywood Khabar August 29,2020 Comments

सन्तोष दाहाल, ललितपुर

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन रातो मच्छिन्द्रनाथको रथयात्राको विषयमा देखापरेको अन्यौलता हटाउने जिम्मेवारीबाट पन्छिएका छन्।

लकडाउनको समयमा रातो मच्छिन्द्रनाथको रथ बनाउन मेयर महर्जन निकै सक्रिय रहेका थिए। साथै महर्जनकै अगुवाईमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा सरोकारवालासंग पटक पटक बैठकपछि रथ बनाउन शुरु गरिएको थियो।

रथ बनाउन सकिएपछि मेयर महर्जन रथयात्राको जिम्मेवारीबाट पन्छिन खोजेको सरोकारवालाहरुले बताउन थालेका छन। रथयात्राको विषयमा मेयर महर्जन सरोकारवालासंग कुरा गर्न नै चाहनुभएको छैन, न फोन रेस्पोन्स गरेका छन्। मेयर महर्जनको पारा नै बुझन् सकिरहेको छैन । पछि आएर यस्तो व्यवहार देखाउनु नै थियो भने किन रथ बनाउन दिएको त ?’ पानेजु कपिलदेव बज्राचार्यले भने।

रातो मच्छिन्द्रनाथका मूल पुजारी, बाराही नाईके, यग्वाल, घकू नाईके, घकू, ज्योतिषीहरुको श्रावण २६ गते बसेको बैठकले धार्मिक, सांस्कृतिक रुपमा नगरी नहुने पुजाआजा गरी रथयात्रा अघि बढाउने निर्णय गरेको थियो। सो विषयमा महानगरपालिकामा पनि लिखित रुपमा पत्राचार गरिसकेको छ। यसबारे मेयर महर्जने उदासिनता देखाएको ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघका अध्यक्ष यज्ञराज शाक्यले बताए।

मेयर त स्थानीय तहको प्रमुख हो।अहिले स्थानीय सरकार पनि भनिन्छ ।स्थानीय तहको प्रमुख नै स्थानीयको पत्यक्ष सरोकार रहेको विषयमा गुठी संस्थान वा अन्य निकायसंग समन्वय गर्नुपर्नेमा आफू नै पन्छिएपछि कसलाई के भन्ने ? बाराही नाईके दिलकुमार बाराहीले भने।

यस विषयमा मेयर महर्जन आफ्नो अनुकूलता र प्रतिकूलता हेरर चलेको भन्दै महानगरपालिकाको अधिकाशं कार्यपालिकाका सदस्यहरुले असन्तुष्टि जनाएका छन्।ललितपुर महानगरपालिका–२१ का वडाअध्यक्ष रविन्द्र महर्जनले भने‘ स्थानीय तहको प्रमुख भएर यो विषयमा प्रमुख जिल्ला अधिकारीको चाहना, सहमति लिएर निर्णय गर्ने होइन। निर्णय गर्न त्यस्तै अप्ठ्यारो परे यो विषयमा कार्यपालिका बैठकबाट पेश गर्न सक्नुपर्दछ।

यसैबीच विहीबार ज्यापू समाजको सभाहलमा बसेको बैठकमा मेयर महर्जनले कोरोना संक्रमितहरुको बढीरहेको अवस्थामा रथयात्राको विकल्प के हुनसक्दछ भनेर पुजारी र ज्योतिषीहरुसंग सल्लाह मागेका थिए । कोरोना संक्रमण बढीरहेको बेला रथ कसरी तान्ने? भनेर मेयर महर्जनले सोध्दा ज्योतिषीहरुले रथयात्राको विकल्प रथयात्रा नै रहेको उत्तर दिएका थिए । मेयर महर्जन रथयात्राको निर्णय कहिले सिडियोलाई पन्छाउने त कहिले सांसद्लाई पन्छाउँदै निर्णयबाट पर भाग्दै आएको सरोकारवालाहरुको बुझाई रहेको छ।