-गुगलमा पाइएको सांकेतिक तस्विर

जस्टिस RBG को मृत्यू राष्ट्रपति चुनावको मुद्धा

Hollywood Khabar September 20,2020 Comments

गत हप्ता अमेरिकी सुप्रिम कोर्टकी जस्टिस Ruth Bader Ginsburg जसलाई RBG भनेर चिनिन्छ, उनको ८७ बर्षको उमेरमा मृत्यू भयो। अमेरिकामा सुप्रिम कोर्टका जस्टिस चयनलाइ अत्यन्तै गंभिर रुपमा हेरिन्छ। ९ जना जस्टिस रहने सुप्रिम कोर्टमा हाल एक सिट खाली छ।

राष्ट्रपति डनल्ड ट्रंपले सुप्रिम कोर्टमा जस्टिसका लागि यसै हप्ता शुक्रबार या शनिबार सम्म नाम प्रस्ताव गर्ने घोषणा गरेका छन्। तर उनका विपक्षी जो बाइडेनले भने त्यसलाई चुनाव पछि मात्र गर्नुपर्ने कुरा उठाएका छन्। राष्ट्रपति ट्रम्पले RBG को मृत्यू संस्कार सम्म कुर्ने र त्यसपछि तुरुन्तै नियुक्तिका लागि नाम प्रस्ताव गर्ने कुरा गरेका छन्।