- सचिन तेन्दुल्करले पशुपतिनाथको दर्शन गरे

सचिन तेन्दुल्करले पशुपतिनाथको दर्शन गरे

Hollywood Khabar November 15,2019 Comments

१मंसिर,काठमाडौं।भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्करले पशुपतिनाथको दर्शन गरेका छन्।नेपाल भ्रमणमा रहेका तेन्दुल्करले आइतबार विहान पशुपतिनाथको दर्शन गरेका हुन्। युनिसेफको दक्षिण एसियाका सद्भावना राजदूत सचिन संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धी अभिसन्धि पारित भएको ३० औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन सचिन काठमाडौं आएका हुन्।सचिनले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बालबालिका संग मैत्रीपूर्ण क्रिकेट खेलेका थिए।