करोडौं ठग्ने सहकारीका प्रबन्धकसहित ९ जनाविरुद्ध ठगी मुद्दा दर्ता

Hollywood Khabar August 29,2018 Comments

१४ भदौ, विराटनगर।करोडौं रुपैयाँ अपचलन गरेको भन्दै विराटनगरस्थित प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित ९ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ।सहकारीका प्रमुख विराटनगरकाका इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव ईश्वर श्रेष्ठ र उपाध्यक्ष विराटनगरका विष्णुप्रसाद सुवेदीसहित ९ जनाविरुद्ध बिहीबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको हो प्रहरीले ठगी आरोपमा अनुसन्धान गर्न तीन जनालाई पक्राउ गरिसकेको छ भने अन्य ६ जना फरार रहेका छन्।सरकारी वकिलको कार्यालयले पक्राउ परेका तीन जनासहित अन्य ९ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए।लामो समयदेखि विराटनगर-९ बाटारोडमा सञ्चालनमा रहेको सहकारीले २ सय ६८ जना बचतकर्ताको जाहेरीमा ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।