दिपक अभिमन्यू

अझै अघि बढ शुभकामना तिमीलाई

Hollywood Khabar March 07,2017 Comments

अझै अघि बढ शुभकामना तिमीलाई
दिपक अभिमन्यू

पुरुषले मेरी प्यारी अर्धाङ्गीनी
मेरी प्यारी जीवन सङ्गीनी
वा मेरी प्यारी ममतामयी आमा
प्यारी दिदी वा प्यारी बहिनी
वा मेरी रानी महारानी दिलकी रानी
वा हृदयकी रानी मेरी प्रेमिका
वा मेरी प्यारी साथी
भनेर अङ्गाल्दैमा मख्ख नपर
खुशीले फुरफुर भएर सिमल भुवा झैं
गन्तब्यहिन आकाशमा नउड बिन्ती
आफ्ना सारा ईच्छा र आकांक्षाहरु
तीनै पुरुष वा बाल बच्चाका लागि मात्र
समर्पण गरेर नबस
तिम्रो पनि त आफ्नो   
निजी ईच्छा र आकाँक्षा होलान
केहि आफ्ना लागि पनि बाँच
थोरै भएपनि आफ्ना लागि हाँस
पुरुषले गृहलक्ष्मी भन्देकै भरमा
आफुलाई कुनै सीमामा बाँधेर नराख
आफुमा भएको विवेकलाई
सहि सदुपयोग गर तिमी
तिमी स्वतन्त्र र समान छौ
पुरुषसङ्गै काँधमा काँध मिलाएर
हर क्षेत्रमा काम गर्न सक्षम छौ तिमी
आउ खुल्ला आकाशमा
बादल झैं निश्फिक्री उड
बर्षातको एउटा लक्ष्य लिएर
धीत मरुञ्जेल आफ्ना लागि जिउ तिमी
अरुका लागि धेरै बाँच्यौ
आफ्ना वैंश र सारा ईच्छा आकाँक्षा
त्याग गरेकी तिमी
पुरुषका आदर्श शब्द र वाक्यजालमा परेर
तिमी मख्ख पर्ने होईन
अब ३३ र ५० के भागबण्डामा होईन
संसार जित्ने हौसला र उत्साह मनमा बोकेर
आफ्ना ईच्छा र आङ्कँक्षा गन्तब्यमा पुर्याउन
बढ अघि त्यो अदम्य साहसका साथ
आफ्ना पाइला सफलताको शिखर चुम्न