साङ्केतिक तस्बिर साभार वेब

सरकारले नवीनतम उद्योगलाई प्रोत्साहन गर्न प्रति उद्योग ५० लाख रुपैयाँसम्म अनुदान दिने

Hollywood Khabar February 20,2020 Comments

१० फागुन काठमाडौं । मुलुकभित्र औद्योगिकीकरण हुन नसकिरहेका बेला सरकारले नवीनतम उद्योगलाई प्रोत्साहन गर्न प्रतिउद्योग ५० लाख रुपैयाँसम्म अनुदान दिने तयारी गरेको छ ।नवप्रवर्तनीय (नौलो) कार्यलाई प्रोत्साहित गर्न उद्योगी व्यवसायीलाई अधिकतम ५० लाख रुपैयाँ सुरुवाती पुँजी दिन लागिएको हो ।

कृषि, ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य सेवा, पर्यटन, प्रविधि विकास र रोजगारी सिर्जना गर्ने नवप्रवर्तनीय ज्ञान, सीप र क्षमता भएको उद्योगरउद्योगीलाई अनुदान दिन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रस्ताव आह्वान गरिएपछि प्रतिस्पर्धाबाट छनोट भएका उद्योगीले अनुदान पाउने छन् ।