-Nepali Congress Leader Mr. Udaya Shensher Rana

सत्तामा पुग्ने मात्र होइन सरकार संचालन गर्ने दस्ताबेज पनि बनाउनु जरुरी छ-राणा

Hollywood Khabar October 31,2019 Comments

कृष्ण के सी/अमेरिका/११/१/१९

नेपाली कांग्रेसका महासमिति सदस्य, पूर्व सांसद, पूर्व अर्थराज्यमन्त्री तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष उदय शमशेर राणासंग एकाद घण्टा भेटघाट भयो। भेटघाटका क्रममा भएका कुराकानी र राणाको राजनैतिक भिजन एकदमै मन पर्यो।

उदय शमशेर राणा वास्तवमा नै साधारण र सालिन व्यक्ति हुन्। युवा हुँदैमा राजनैतिक रुपले थुप्रै अनुभव संगालेका राणा पार्टीको नयाँ भिजन आवश्याक्ता भएको कुरामा प्रष्ट रहेछन। उनको भनाइमा नेतृत्वमा जो आएपनि फरक पर्दैन तर पार्टी संचालन र राज्य संचालनको दस्तावेज हुनुपर्यो। अनि त्यसलाई पालना गर्नुपर्यो, त्यसो हुँदा व्यक्ति र गुट होइन पार्टी र राज्य अनि जनता बलिया हुन्छन, राणाले भने। यहाँ नेपाली काँग्रेसका युवा नेता उदय राणाका बिचारलाइ छोटो रुपमा प्रस्तुति गर्ने प्रयास गरेको छु।

नेपाली राजनीतिमा परिवर्तन र परिवेसको कारण थुप्रै वर्ष हामीले परिक्षणमा बिताएका छौं। साँच्चै भन्नुपर्दा हामी कुनै पनि राजनैतिक पार्टीहरुको महाधिवेशनमा देश कसरी चलाउने, देशको अर्थतन्त्र र जनताको स्तर कसरी लैजाने भन्ने जस्ता राज्य संचालनका बिषयमा छलफल नै हुने गरेका छैनन। राज्यको संरचनालाइ कम्प्रोमाइजमा बनाउने गरेका छौ। त्यसैको फलस्वरूप हामी चाहे नेपाली काँग्रेस हौँ या अन्य कोहि पार्टी होस्, नेपालको लामो इतिहासमा जहिले पनि अस्थिरता मात्र भोगिरहेका छौं।

नेपाली काँग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो। म आफू, पारिवारिक रुपमा पहिला देखि नै यो पार्टीसँग अत्यन्तै नजिक छु। तरुण दलको अध्यक्ष, निर्वाचित सभासद देखि राज्यमन्त्री सम्मको जिम्मेवारी सफलतापूर्वक निभाएको छु। पार्टी नेतृत्वसँग नजिकको उठबस छ, त्यस बाहेक अन्तराष्ट्रिय स्तरमा पनि मेरो संबन्ध राम्रो छ।

ऐले सम्म मैले तरुण दलको नेतृत्व संहाल्न, पार्टी अनि केन्द्रिय राजनीति बुझ्न र जनताको प्रत्यक्ष सरोकारका बिषयमा बुझ्नमा समय बिताएको छु। कति काम त पब्लिकलाइ थाहा छैन तर मेरो कारण पूरा भएका छन्। तुलनात्मक रुपमा अन्य प्रतिस्पर्धी राजनैतिक व्यक्ति भन्दा धेरै काम गरेको छु। कतिपयलाई राणाजीको छोरो भन्ने भ्रम लाग्ला तर म सामान्य पारिवारिक निमन्त्रणा देखि, साँस्कृतिक, धार्मिक महत्व र राष्ट्रिय विकासका ठूला महत्वका बिषयमा पनि सहभागी भएको छु। यति मात्र होइन शक्ति सम्पन्न र छिमेकी मित्र राष्ट्रहरुसंग पनि उत्तिकै नजिक छु।

प्रजान्त्रात्रिक पार्टी भएकोले हामी नेपाली काँग्रेस पार्टीमा बाम या अन्य धार भन्दा एउटा अर्को थप जिम्मेवारी पनि छ। बामपार्टीहरु आयातित सिद्धान्तबाट चल्छन, तर नेपाली कांग्रेस स्थापना देखि ऐले सम्म नेपालमा प्रजातन्त्र र स्वतन्त्रताको लागि लडेको पार्टी हो। यसका सिद्धान्तहरु आयातित होइनन। देशको आवश्यकता अनुसार निर्माण गरिएका नीति र बिधि छन्। तर पनि एउटा खुड्किलो पुरा भएकोले अब नेपाली कांग्रेसले नयाँ सिद्धान्त र बिधि निर्माण गर्नु जरुरी भएको छ।

त्यहि सिद्धान्तको निर्माण नहुँदा हामी नेतृत्व चयन र गुटमा अल्झेका छौं। तसर्थ हामीले आगामी महाधिवेशनमा सरकारमा पुग्ने कुरा मात्र होइन, राज्य संचालनका बिधि, जनताको स्तर बिकासको भिजन र राष्ट्र विकासको लागि बिशेष दस्तावेज बनाउनु जरुरी भएको छ। यो केवल हामीले मात्र हैन अन्य राजनैतिक पार्टीहरुले पनि बनाउनु जरुरी भएको छ। अन्यथा जसको सरकार भएता पनि इच्छित र स्वार्थपूर्व कार्यहुने अवस्थाको सृजना हुन्छ। त्यहि कारणले गर्दा जनताको आर्थिक, सामाजिक र बौद्धिक स्तरको उन्नति तुलनात्मक रुपमा हुन सकेको छैन।

अबश्य पनि राज्यको परिवर्तन राजनैतिक सिद्धान्त र पहलका आधारमा हुन्छ। जव देश परिवर्तन हुन्छ त्यसपछि भनेको अर्थ, समाज र जनजीवनको स्तर विकासका मापदण्डको विकासले मात्र हुन सक्छ। हामी कुनै पनि राजनैतिक पार्टीले त्यसो गरेनौं। सरकार हामी सबैले आ-आफनै तरिका र सोचले चलाएका छौ। त्यसैको फलस्वरुप ऐलेको जनताको स्तर र २ दशक पहिलाको जनताको आर्थिक, सामाजिक स्तर उस्तै छ। यो कुरा मैले छोटो समयको अर्थ राज्यमन्त्री हुँदा बुझ्ने मौका पाएको हुँ।

अब हामीले नेपालमा नेपाली कांग्रेस पार्टीको सरकार भए के के गरेर सरकार संचालन हुन्छ र जनताको स्तर र राज्यको बिकास कसरी गरिन्छ त्यो दस्ताबेज बनाउनु जरुरी भएको छ। यसका दुइवटा पाटा हुन्छन। पहिलो पार्टी संचालन र नेतृत्व चयनको बिधान अनि स्थानिय र राष्ट्रिय स्तरमा जनप्रतिनिधिको टिकेट दिने स्पष्ट नीति-बिधि। दोश्रो, नेपाली काँग्रेसले सरकार बनाएमा देशको बिकास कसरी गर्ने भन्ने कुरा प्रष्ट हुनु जरुरी छ।

मैले नेपाली काँग्रेसमा दस्ताबेजको कुरा भनिरहँदा कतिपयलाई अचम्म लाग्न सक्छ। प्राय बाम पार्टीहरुमा दस्ताबेजको चलन बढी हुन्छ। तर उनीहरुमा देश विकास भन्दा पनि आयातित् सिद्धान्त अनुसार आफ्नो देशमा कसरी सत्तामा पुग्ने भन्ने कुरा मात्र हुन्छन। तर देश कसरी विकास गर्ने भन्दा पनि कम्यूनिष्ट सत्ता कसरी बनाउने भन्ने मात्र कुराहुन्छ। त्यहाँ जनता र देशको बिकासका कुरा हुँदैनन्। त्यसैले कम्यूनिष्ट सत्ता भएका देशहरु विफल मात्र होइन टाट पल्टेको इतिहास हाम्रो सामु छ।

नेपाली काँग्रेसले स्थापनाकालमा गरेको टार्गेट पुरा भएको छ। अब अर्को टार्गेट बिन्दु बनाउनु जरुरी छ। त्यो भनेको देश र जनताको बिकास र उन्नति नै हो। यसलाई को सभापति या को प्रधानमन्त्री भन्दा पनि नेपाली काँग्रेस पार्टीको जो सुकै सभापति भए पनि या सरकारमा पुगेर प्रधानमन्त्री भएपनि गर्नुपर्ने काम निर्दिष्टि गर्नु नै यो महाधिवेशनको प्रमुख काम हुनुपर्छ। अनि म आफू यसैको लागि प्रयासरत छु।

**उदय शमशेर राणा पूर्व सांसद, पूर्व अर्थराज्यमन्त्री तथा नेकाँ महासमिति सदस्य हुन्।