दिपक कुमार बिष्ट

सेल्फी सोख : मृत शरिरसंग रमाइलो !!!

Hollywood Khabar April 06,2017 Comments

अनलाईन र पत्रपत्रिकामा समबेदना समाचारमा मात्र देखिने मृत शरिरका तस्बिरहरु हिजोआज सामाजिक संजाल फेसवुक, इन्टिग्राम ट्विटरमा बगेंल्ती भेटिन थालेका छन् ।घटनामा परि मृत्यु हुनेहरुका विभत्स कारुणिक देखिने डरलाग्दा तस्बिर हुन या विरामी अवस्थाका विभत्स तस्विरहरु या जीवनका सामान्य मृत्यु बरण गरेका मृत शरिरका सामाजिक संजाल फेसवुक, इन्टिग्राम ट्विटरमा छ्यापछ्याप्ती भेटिन थालेका छन हिजोआज ।

विभत्स होस या सामान्य मृत शरिरलाई अनि चितामा  समाधिमा राखिएको शवको अन्तिम क्षणलाई मनसाय जेसुकै होस तथापि सेल्फि फोटो खिच्ने र सामाजिक सञ्जालमा अपलोड गर्ने प्रवृतिले मान्छे समवेदनाहिन बन्दै गईरहेको जो कोहिलाई भान हुनु स्वभाविकै हो।यस्तो कार्य गर्दा के सोच्नु पर्दैन ? कसैको सहज वा असहज जे भएपनि आखिर त्यो मृत्यु त्यो दुःखद क्षण नै हो  त्यस्तो अवस्थामा मृत शरिरसंग सेल्फि खिचेर दुनियाँलाई के देखाउन खोजेको हो मान्छेहरुले थाहा पाउन सकिरहेको छैन।


आज बिहानै सामाजिक संजाल फेसबुकमा चिता संगको सेल्फि खिच्दै गरेको एक युवकलाई देख्दा मनमा अनेकन कुराहरु नखेलेका होईनन् । नेपालीमा एउटा उखान छ जिउदाका जन्ती मर्दाका मलामी भन्ने।मानिस मर्दा मलामीमा सहभागी भई शोक र दुखमा रहेका परिवार आफन्तजनहरुलाई शान्त्वना दिनु यसको आशय हो भने विवाह उत्सव जन्तीमा जानु रमाईलो गर्ने भोजभत्तेरमा रमाउने नै हो।विवाहमा जस्तै रमाइलो हुन थालेको पोहो कि जस्तो देखिन थालेको छ आजकालको मानिसको मृत्यु पनि मानिसलाई।

एक जना साथिले केहिदिन अघि सुनाउदै हुनुन्थ्यो उहाँको एक जना साथीको पिताको मृत्यु भएका ठाउँमासाथीलाई भेट्न गएको मस्तसंग ठट्टा मजाक पो गरेर आईयो मलाई त मान्छे मरेको घरमा भेटन गए जस्तो नै लागेन के भाको ? उहाँ थप्दै हुनुहुन्थ्यो हिजो घाटमा जाँदा लाश दाह गर्दा लाशमा देखिने चाललाई हेर्दै मान्छेहरु ठट्टा गर्दै थिए कोही यसले जय नेपाल भन्न खोजे झै छ भनेर उडाउदै थिए भने कोहि यो मान्छेसंग कसकसले रिण लएका थिए तीनलाई पख्लास भन्दै छ भनेर धारेहात लगाउदै मरेस भन्दै छ भनेर खिल्ली उडाउदै हास्दै थिए। 

अचेल त मलामी गाको हो की कमेडी कार्यक्रम हेर्न गाको छुट्ट्याउनै गाह्रो हुने भो भन्दा केहि महिना अघि मान्छे मरेको १३ दिनको दिन मलामी खुवाउने भनेर आमन्त्रण गरिएको ठाउँमा गएको त कुनै विवाहको भोजमा गएको भन्दा कम थिएन।यो देख्दा मान्छेहरुमा समवेदना दिनानुदिन मर्दैछ भन्ने नै हो।यी त केवल प्रतनिधी उदाहरणहरु मात्र हुन।

विवाहको तस्विर राखेर सुखमय दाम्पत्य जिवनको लागि शुभकामना भनेर खुलेर भन्न नसक्ने हामी कन्जुस मान्छे लास र जलिरहेको चिताको सेल्फि वनाएर फुस्रा पीडा र वेदना देखाउछौं।होईन हाम्रो जहाँ मानवता कहाँ छ हामी समवेदनाहिन भएकै हो त ? हामीहरुका त्यस्ता कार्यले मृत्युमा मलामी र वियोगको समयमा भएको पिडा र चिन्ता कम गर्न परिवारमा सान्तना हुनुको साटो मृत शरिरको सामाजिक प्रतिस्ठामा आँच पुर्याइएको त छैन? सोचनिय बिषय बन्दै छ ।

अरुको दुःख र समस्यामा परेका विषयलाई मजाकमा उडाउनेहरु समाजमा बढ्दो संख्यामा भेटिन थालेका छन्।विवेक र बेदनाको पिडाको अनुभुती आफुलाई नै नपरुन्जेल मजाक गर्नेहरु समाजका असामाजिक प्राणी भनिदिए फरक नपर्ला । सामाजिक सञ्जालमा यस्ता असामाजिक बिषयबस्तुका बारेमा लेख्ने वा कुनै तस्बिर राख्नेलाई कडा कानून बनाई कारवाही गर्ने विषय भन्दा पनी समाजमा बसेका सामाजिक प्राणी भनाउदाहरुले आफ्नो नैतिकता र सामाजिक प्राणी बनेर नैतिकवानको नमुना बनेर देखाउनुपर्ने बिषय हो।

सहज वा असहज जुनसुकै तवरले भएको होस मृत्यु पश्चात उस्का प्रेरणा दायी कार्य सम्झने र अनुकरणिय कार्य भए तिनको अनुसरण गर्ने,समवेदना दिन पर्ने भए तस्विरको प्रयोग गर्दा जिवित अवस्थामा निजले गरेका राम्रा कार्य गर्ने शिलशिलामा खिचिएका सम्मानित देखिने खालका तस्विर राखेर समवेदना दिने हो।मृत शरिरसंग सेल्फि खिचेर दुनियाँलाई मृतकको जिवन प्रतिको खिल्लिउडाई, परिवार र आफन्तको आत्मा सम्मानमा आँच पुर्याउने कार्य नगरौं भन्ने नै हो ।