https://www.youtube.com/embed/z87aAvRRqfU

Nepali Singer Selina Kunwar

नेप्टेमा दिलरानीको मस्त जवानी भन्दै उदितसँग गाउने सेलिना कुँवर चर्चामा

Hollywood Khabar October 27,2018 Comments

आफ्नै जिल्ला सदर मुकाम आउन भारततीय बाटो भएर आउनु परेन चितवन र पर्साको सिमाना पर्ने ठोरीमा जन्मेकी जवान सेलिना कुँवर हालैका दिनमा चलेकी गायीकामा पर्छिन।

उसो त सेलिनाको भ्वाइस प्याट्रन रक-पप होइन तर पनि सबैखाले गीत गाउछिन। धेरै जसो उनका गीतहरु भोजपुरी छन। नेपाली गीतहरु पनि चर्चामा नै छन्। पहिलो गीत भने राजेश पायल राइसंग गाएकी सेलिनाका दर्जनौ गीत रेकर्ड भैसकेना छ। आजकल स्टेजहरुमा पनि ब्यस्त हुँदैछिन सेलिना।

उसो त प्ले ब्याक सिंगर पनि हुन् सेलिना। पछिल्लो पटक भने नेपाली चलचित्र नेप्टेको शिर्ष गीत गाएकी छन्। नेप्टेको दिलरानी गीत चर्चामा आएको छ। यो गीतमा उनले चर्चित गायक उदित नारायण झासंग भोकल शेयर गर्ने मौका पाइन्।