-Picture from abc7news

सान फ्रान्सिस्कोमा आफ्नै अपार्टमेण्टमा जान लाग्दा एक व्यक्तिलाई रोकियो

Hollywood Khabar June 25,2020 Comments

हलिउडखबर/६/२६/२०

सान फ्रान्सिस्को चर्चित भनिएको SOMA Residences मा बस्ने एक व्यक्तिलाई आफ्नो अपार्टमेण्ट गराजमा रोक्ने प्रयास भएको भिडियो abcnews ले सार्जजनिक गरेको छ।

abcnews का अनुसार उक्त घटनामा जातीय भेदभाव गर्ने व्यक्तिलाई क्यामेरामा कैद गर्न सकिएको हो। यति मात्र होइन उनमाथि आक्रमण प्रयास पनि भएको भिडियोमा देख्न सकिन्छ।

घटनाका पिडित Michael Barajas नामका व्यक्ति यूसी बर्क्लीका ग्राजुएट हुन् र biopharmaceutical company मा काम गर्छन। भिडियोमा माइकलले भनेका छन् नियमति जसो जुन २५ सांझ आफू बस्ने अपार्टमेण्टको गराज खोल्ने बितिक्कै फ्लोरिडाको लाइसेन्स प्लेट भएको सेतो रङको SUV उनको अगाडी आइपुग्छ। अर्को गराजको ढोका नजिक पुगेर रोकिन्छ र बाहिर आएर माइकललाइ भित्र जनाबाट रोक्छ। उसले मुख छाडेर हे --- तँ अपराधि यहाँ आउन पाउँदैनस भनेको छ। पछि ति ब्यक्तिहरुको पहिचान भएको र माइकललाइ चुनौती दिन आएको थाहा भएको छ।