-Krishna KC

शुक्र नीति-१: राजा, राष्ट्रपति केन्द्रिय या स्थानीय सरकार प्रमुखका काम गर्ने ३० मुहुर्त

Hollywood Khabar October 25,2017 Comments

कृष्ण के सी, अमेरिका, अक्टुवर २६, २०१७

चलेका एकजना पत्रकार साथीले भन्नुभयो- तपाइले त अलिकति ऋषिमुनी शुक्राचार्यको शुक्र नीति हेर्नुहोस! राक्षसका गुरु (असुराचार्य) शुक्राचार्यको नीति पनि के पढ्नु अलिक धीत खुलेन। तर पनि मन्नकै लागि भए पनि २ घण्टा लगाएर खोजीमर्दा जम्मा एउटा मात्र शुक्र नीति पढियो। मैले सोचे जस्तो होइन रहेछ। अलिकति चासो बढ्यो अनि खोजी गर्दै गएँ झन् पढ्ने इच्छा बढेर गयो।

तुलसी आचार्यको ब्याख्या अनुसार राम र कृष्ण दुवै बिष्णुका अवतार हुन्। दुबैजनाले धर्मको रक्षार्थ अवतार लिनुभएको हो। राम र कृष्णको फरक भनेको जम्मा जम्मी एउटा मात्र छ त्यो हो कार्यनीति। रामले धर्मनीतिको सहारा लिनुभयो भने कृष्णले कुटनीतिको। शुक्र नीतिमा ती दुवै तरिकाको ब्याख्या रहेछ। विशेष गरेर राजनीति र समाज सेवामा लागेकाहरुले यो नीति बढ्नु उपयुक्त रहेछ।

असुर अर्थात राक्षसहरुका गुरु शुक्राचार्य। गुरुले राज्य संचलानबारे बनाएको धार्मिक बिधान नै शुक्र नीति हो। त्यो समय राज नै मुख्य हुने हुनाले राजालाई आधार मानिएता पनि वर्तमान अवस्थामा शाशकहरुको लागि यो गतिलो सिकाइ हुन सक्छ। गुरुकै नीतिका कारण वारंवार देवताहरुलाइ असुरहरुले परास्त गरेको भनिएको रहेछ।

समय अनुसार नीतिमा बदलाव हुनुपर्छ, नियम र सिद्धान्तहरुमा पनि बदलाव गर्नुपर्छ। यो नै कुशल नीतिकारहरुको कौसलता हो। अनि यसका लाइ बिषयहरुको गहिरो अध्यन र चिन्तन/छलफल गर्नु जरुरि मानिन्छ।हाल सम्मकै सबै भन्दा उत्कृष्ट नीति नै असुराचार्यको मानिँदो रहेछ।

एउटा राजा/राष्ट्रपति/सरकार प्रमुखका काम गर्ने ३० मुहुर्तको समयलाई असुराचार्यले यसरी विभाजन गर्नुभएको छ।

  • एक मुहुर्त बिहानको बिकार बिशर्जन, नुहाउन
  • दुइ मुहुर्त- पुजा-पाठ, दान धर्म गर्ने
  • एक मुहुर्त इनाम, स्यावासी, पुरस्कार र धन्यवाद ज्ञापनमा
  • एक मुहुर्त सम्पतिको जांच गर्न
  • एक मुहुर्त अर्थ/आय-व्यायको हिसाव हेर्न
  • एक मुहुर्त संचित सम्पति र द्रब्यको अवस्था हेर्न
  • एक मुहुर्त सेनाको लागि आदेश लेख्न
  • एक मुहुर्त आफन्तहरुसँग भोजनमा
  • एक मुहुर्त आराम गर्न
  • एक मुहुर्त पुराना र नयाँ बस्तु/समान/हतियार आदीको निरिक्षणमा
  • एक मुहुर्त वकिलबाट ल्याइएका मुद्धा अध्यन गर्न
  • एक मुहुर्त न्यायाधिसहरुबाट आएका फैसलाहरुको अध्ययन गर्न
  • दुइ मुहुर्त न्याय र फैसला गर्ने
  • एक मुहुर्त खेलमा
  • एक मुहुर्त शिकारमा
  • एक मुहुर्त बिहान र एक मुहुर्त सांझ हरियार चलाउने र युद्धकलाको लागि
  • एक मुहुर्त साँझको खानामा
  • दुइ मुहुर्त जासुस/गुप्तचरहरुसँग कुरा सुन्नमा
  • आठ मुहुर्त सुत्नमा