-डा हर्क गुरुङ स्मृति भलिबल कपको उपाधी सिन्धुलाई

डा हर्क गुरुङ स्मृति भलिबल कपको उपाधी सिन्धुलाई

Hollywood Khabar June 07,2021 Comments

गुरूङ (तमु) सोसाईटी ईन्क यूएसएद्वारा आयोजित प्रथम डा हर्क गुरूङ स्मृति भलिबल प्रतियोगिताको पहिलो उपाधी सिन्धु भलिबल टीमले हात पारेको छ।

निकै नै कडा प्रतिष्पर्धा भएको अन्तिम खेलमा सिन्धु भलिबल टीमले म्याग्दी समाज भलिबल टीम माथि ३-२ सेटको जीत निकाल्दै ३,००० डलर राशीको नगद पुरस्कार, प्रमाण-पत्र र ट्रफी हासिल गरेको छ। दोश्रो हुने म्याग्दी भलिबल टीमले २,००० डलर राशीको नगद पुरस्कार, प्रमाण-पत्र र ट्रफी हासिल गरेको छ।

मेमोरियल डे को अवसर पारेर न्यूयोर्क राज्यको Long Island City, Queens Bridge पार्कमा मे २९, र ३०, २०२१ गर्न लागिएको प्रतियोगिता प्रतिकूल मौसमको कारण एक हप्ता पछि जुन ५ र ६ २०२१ मा सारिएको थियो।

Apollo Manufacturing Inc र Buddha Tax & Accounting को मुख्य प्रायोजन र अन्य विभिन्न व्यावसायी,संघ-संस्था तथा ब्यक्तीहरूको प्रायोजन साथै आमा-समूह, युवा समूह र यि एण्डी चेड्को विशेष सहयोग रहेको यस प्रतियगितामा आयोजक भलिबल टीम सहित न्यूयोर्कको विभिन्न आठ भलिबल टीमहरू र मेरील्याण्ड, न्यूजर्सी राज्यबाट एक-एक भलिबल टीमको सहभागिता रहेको थियो।

प्रतियोगिताको समुद्घाटन जुन ०५, २०२१ को दिन आयोजक संस्थाको संस्थापक अध्यक्ष श्री तुलसी गुरूड्०ले गर्नु भएको थियो।प्रतियोगिता शुरू हुनु भन्दा अगाडी स्व डा हर्क बहादुर गुरूड्० र हालको महामारी COVID-19 को विषम परिस्थितिमा ज्यान गुमाउॅनु भएको सम्पूर्ण नेपालीहरूको चीर शान्तीको कामना गर्दै मौन धारण गरिएको थियो।

लगभग ५०० भन्दा बढी खेलप्रेमी नेपालीदर्शकहरूको उपस्थिति रहेको उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय गीत र संयुक्त राज्य अमेरीकाको राष्ट्रिय गीतको प्रस्तुती पछि उक्त भलिबल प्रतियोगिताको लागी रेफ्री द्वय दीपक रोका मगर र प्रेम हमाल ठकुरीलाई भलिबल प्रदान गरी प्रतियगिताको उद्घाटन गरिएको थियो। जुन ०६,२०२१ का दिन सम्पन्न भएको प्रतियोगितामा प्रमुख अतिथि आदिबासी जनजाती महासंघ अमेरीका अध्यक्ष लोक चेम्जोङ लिम्बु रहेका थिए।

विशेष अतिथिहरू New City District 25 Council Member उम्मेद्वार यि (एण्डी) चेन YI (ANDY)CHEN, गैरआवासिय नेपाली संघ न्यूयोर्क च्याप्टर नव निर्बाचित अध्यक्ष आड्० छिरीड्० शेर्पा, अध्यक्ष मिलन गुरुङ्ग लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिमा खेल समापन भएको थियो।

समापन समारोहमा प्रमुख अतिथि र विशेष अतिथिहरूको साथमा गुरूङ (तमु) सोसाईटीका अध्यक्ष विजय गुरुङले भलिबल प्रतियगिताको विजेता उप विजेता टीम र विविध विधामा उत्कृष्ट खेलाडीहरू साथै संस्था संस्थाको संस्थापक अध्यक्ष तुलसी गुरूडको हाथ बाटा आमा समूहको दौड प्रतियगितामा प्रथम, द्वितिय र तृतिय हुने विजेताहरू लगायत कलाकारहरूलाई मेडल,प्रमाण-पत्र, ट्रफी र नगद (चेक) बितरण गरिएको थियो। कार्यक्रममा खेलप्रेमीहरू, यूवा स्वयंसेवकहरू, सक्रिय आमा समूह, यूवा समूह, NYGSC प्रायोजकहरू, संघ संस्थाका प्रतिनीधिहरू, खेलाडीहरू, रेफ्रीहरू र सहयोगी रेफ्रीहरू, मीडियाकर्मी उपस्थित रहेका थए।