https://www.youtube.com/embed/DH0E0rTfQiA

-गायक सुगम थापाको गीत बाटुली लोकार्पण

गायक सुगम थापाको गीत बाटुली लोकार्पण

Hollywood Khabar March 21,2023 Comments

गायक तथा संगीतकार सुगम थापा मगरको आवाजमा बाटुली बोलको पप गीत सार्वजनिक भएको छ। स्याङ्जामा जन्मिएका गायक थापा बेलायतमा बस्दै आएका छन्।

गायक थापाकै शब्द, संगीतमा, स्वरमा र संगीत संयोजन समेत रहेको गीत बाटुलीले आफ्नो प्रमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ। गीतको भिडियोमा प्रहिल कार्कीको निर्देशनमा मोडल तथा हाँस्यकलाकार खबपु चन्चल मगर, निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ। उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन रहेको सो गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो।