-गैरआवासीय नेपाली संघको Smart NRNA प्रोजेक्ट ६-९ महिनामा कार्यान्वयन हुने

गैरआवासीय नेपाली संघको Smart NRNA प्रोजेक्ट ६-९ महिनामा कार्यान्वयन हुने

Hollywood Khabar May 22,2020 Comments

गैरआवासीय नेपाली संघका सचिव तथा Smart NRNA (स्मार्ट एनआरएनए) प्रोजेक्टका संयोजक गौरी जोशीको नेतृत्वमा प्रोजेक्टको काम सुरु भएको छ।

प्रोजेक्टका संयोजक तथा संघका सचिव गौरी जोशीले संघको सूचना तथा संचार टिमलाइ दिएको जानकारी अनुसार यो प्रोजेक्ट आगामी ६ देखि ९ महिना सम्ममा सम्पन्न गरि कार्यन्वयनमा ल्याइनेछ।

त्यसपछि स्मार्ट एनआरएनएबाट डिजिटल प्रविधिको प्रयोग गर्दै सदस्यता लिने, सकेको सहयोग दिने, सदस्यको हैसियतले सुविधा लिने, संघको कार्यक्रममा डिजिटल आइडिको प्रयोग गर्ने जस्ता थुप्रै विशेषता स्मार्ट एनआरएनए प्रोजेक्ट एपमा हुनेछन्। यसबाट सम्पूर्ण राष्ट्रिय समन्यव परिषद र अन्तराष्ट्रिय समन्वय परिषद सम्मको निर्वाचनमा आमेत यो प्रविधि कार्यन्वयनमा ल्याइने छ।

यसबाहेक यो प्रविधिले:

१) संघका सदस्यहरुको विद्युतीय डाटाबेस तयार गरिने छ। सदस्यता फाराम आ-आफ्नो मोबाइल डिभाइसबाट समेत भर्न सकिने छ भने पहिलेको एमआईएस (MIS System) पद्दतीलाई सरल, सुरक्षित र व्यवस्थित गरिने छ।

२) संघका सम्पूर्ण गतिविधिहरु मोबाइल एप्स (Mobile App) बाट प्राप्त गर्न सकिनेछ।

३) सदस्यहरुले आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड (Digital ID) डाउनलोड गर्न सक्ने छन्। प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुनेछ, सदस्यता नवीकरण सहज हुनेछ।

४) संघका बिभिन्न निकायका निर्वाचन (Voting System) विद्युतीय पद्धतीबाट गर्न सकिनेछ।

५) सदस्यहरुले पाउने सुविधा र सहुलियत अनलाइनबाट पाउने व्यवस्था गरिनेछ। सदस्यहरुले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग दिन (Merchant System) सक्ने छन्। निर्वाचनमा रजिष्ट्रेसन शुल्क तिर्न घन्टौं लाइन बस्नु पर्ने छैंन।

६) हरेक राष्ट्रिय समन्वय परिषदको वेभसाईट (NCC Portal) को व्यवस्था गरिनेछ। वेभसाईटमा एकरुपता ल्याईनेछ।

७) आईसीसीको वेभसाइटलाई आधुनिकरण गरिनेछ। संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्री तयार गरिने छ।