-डिल्लीप्रसाद मुलतिहुन/मोलुङ -५, ओखलढुङ्गा,९/२९/२०

सोझिनु किन ?

Hollywood Khabar September 28,2020 Comments

१)
तिमी बाङ्गै हुन्छौ सुझ न बुझले बाङ्गिन सिके !
कुनाकानी ठ्याम्मै सरम नरहोस् नाङ्गिन सिके !
यसो गर्दा आफैँ गदगद हुने आदत ग~यौ !
भने बाङ्गो बन्ने छनक बुझियो खाडल प~यौ !
२)

नहोस् थाहा पत्तो असल बनिने ,मूर्ख बनिने
कला सिक्दै जाऊ कलह मनमा टम्म भरिने
सराप्नेमा जेठो हुन सिक उँभो जानु छ भने
अझै छाडा बोल्दै जनसँग तिमी दुस्मन बने !
३)
कुनै बेला एक्लै बकबक गरी बम्किँन सिक
यसो गर्दै औँसी सरह दिउँसै चम्किँन सिक
फलेस् भन्लान् कोही रतिभर नठाने उचित हो
गनाएरै बस्ने तहबह भए पो असल भो !
४)
म भन्दा जान्ने यो भुवनभरमा को छ र भनी
तिमी छाडा साँढे सरह सिक है डुक्रिन पनि
हिलो - मैलोभित्रै चरम सुखको स्वाद छ भने
सफा खोज्ने मान्छेसित अझ तिमी दुस्मन बने !
५)
सबैले गर्नेछन् जय जय बन्यौ सुन्दर भनी
इमान्दारी बाँकी रहन नसकोस् है कति पनि
अझै बाङ्गो बन्ने बल गर तिमी मित्र नचिन
मिल्यो बाङ्गो बन्दा शुभफल भने सोझिनु किन ?