तस्बिर साभार वेब

आज सोनाम ल्होसार,तामाङ समुदायले धुमधामका साथ मनाउँदै 

Hollywood Khabar January 23,2020 Comments

११ माघ, काठमाडौं ।आज  सोनाम ल्होसार,अर्थात् नयाँ वर्ष पर्व तामाङ समुदायले धुमधामका साथ मनाउँदै छन्। मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले आज नयाँ वर्ष मनाउन लागेका हुन् ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५५ औं वर्ष पूरा भएर २८५५ औं  वर्ष सुरु हुन्छ ।आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछन ।शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।