-सोनी शर्मा

ओइ प्यारो साथी तिमि अन्तरघाती !           

Hollywood Khabar April 03,2019 Comments

कुरा गर्दा लाग्छ तिमि कति जाति
तिमि त मेरो मन मिल्ने साथि   
अरु भन्दा पनि तिम्रो स्थान माथि।

जव कुरा आउछ विश्वासनीयताको
अनि सम्झन्छु तिमि मिल्ने साथि 
सबै कुरा भन्छु केहि न ढाँटि
तर तिमि निस्क्यौ बिस्वास घाती।

पार्टीमा तिमि सबैको प्यारो 
सबैसंग दोस्तीआँखामा छारो 
संस्थामा पनि सबैको प्यारो 
तिमीलाई चिन्न हेर कति सारो गाह्रो। 
 
तिमीले पाउछौ सबैको साथ् 
बदलामा गर्छौ तिम्ले अन्तर्घात 
 सबैले भन्छन् तिमि कति जाति 
बिश्वास गर्छन् सधै तिमि माथि। 

आफुलाई पर्दा सियो बनि पस्ने 
दुध पिएर सर्पझै डस्ने 
बाहिर हेर्दा तिमि कति जाति 
भित्रभित्रै तिमि खुरा पाती 
ओइ प्यारो साथि रैछौ अन्तरघाती।