-सोनी शर्मा 

बिन्ति !बन्द गर,बाल नरसंहार सिरियामा। 

Hollywood Khabar February 24,2018 Comments

आमाको काखमा लुटुपुटु गर्दै 
मुस्कुराउदै हेर्ने ति अवोध अनुहारमा 
आज कालो बादल मडारिएको छ। 

ममताले भरिएको वात्सल्य छिनाल्दै 
यौटा मानवले निर्माण गरेको अस्त्रले 
सुन्दर मानाव वस्ती रणभूमि बनाई छाड्यो। 

जुन देशमा जन्मे पनि मन त मनै हो 
तर मुटु मुटुमा पनि फरक पन आइ दिंदा 
तिम्रो पीडाले मलाई असाध्य पोल्न थाल्यो। 

सामाजिक संजाल हेर या समाचार 
ति लासका थुप्रामा आफन्त खोज्दै 
भौतारिएका अवोध बालबालिका। 

रुँदै गरेका सन्तान रगतको आँशु बगाउदा  
लासको थुप्रोले के उत्तर देला खै 
मलाई त मार्यौ बिन्ति मेरा बच्चा लाई बाच्न देउ। 

सपना तिम्रा पनि होलान् र मेरा पनि थिए 
फरक यत्ति रहेछ सपना बीचमा 
म बचाउन चाहन्छु तिमि मार्न।

तिमीलाई चोट लाग्दा तिम्री आमालाई दुख्छ 
तिम्रो गोलि बारुद हतियार मेरा सन्तानमा बर्सिदा 
न तिमीलाई दुख्यो,न तिम्रो हतियारलाइ। 

गल्ति के थियो ति बालबालिकाको 
सिरियाको नागरिक भएर जन्मदा
तर त्यो आँशुले पक्कै पोल्नेछ तिमीलाई।  

जुनसुकै उदेश्य भएपनि 
बिन्ति !बन्द गर,अव त अत्ति भो 
बाल नरसंहार सिरियामा।