तस्बिर साभार वेब

सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा झडप तीन घाईते पाँच पक्राउ

Hollywood Khabar February 24,2020 Comments

१३ फागुन,महेन्द्रनगर।कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ का क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।गायिका ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झडपको स्थिति आएको स्थानीयले जानकारी दिनु भएको छ।

सोमवार चर्चित गायिका ज्योति मगर, गायक सुरेश चोखाल, बेली डान्सर बिनु शाक्यको प्रस्तुति थियो।ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उच्श्रृंखल गतिविधि भएको हो।उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ।त्यसक्रममा केही युवा घाइते हुनु भएको छ।झडपमा तीन प्रहरी समेत घाइते भएका प्रहरीले जनाएको छ।

महोत्सवमा उच्श्रृंखल गतिविधि गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिनु भयो।