कृष्ण के सी/अमेरिका
उत्तरी क्यालिफोर्नियाको सन्निभेल स्थित नेपाली सदस्यहरुले स्थापना गरेको सन्निभेल एभरेष्ट लायन्स क्लबले मेन्टल हेल्थ संबन्धि चेतना मुलक कार्यक्रम गर्ने भएको छ।
अक्टुवर ७, २०१८ का दिन १२:३० देखि १:३० सम्म, Hope Services, 460 E Middlefield Rd, Mountain View, CA 94043 मा आयोजित उक्त कार्यक्रममा विभिन्न मेडिकल डाक्टर र साइक्र्याट्रिकहरुबाट मेन्टल हेल्थका बिषयमा थुप्रै जानकारी दिइने छ।
१० अक्टुवरमा पर्ने विश्व मेन्टल हेल्थ दिवसका अवसरमा आयोजित सो कार्यक्रम बिशेष गरेर युवा, संबन्धित रोगी र उनीहरुका परिवार समेतलाइ फोकस गरेर आयोजना गरिएको कुरा आयोजक सन्निभेल एभरेष्ट लायन्स क्लबका अध्यक्ष मंगल तामाङले बताएका छन्।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!