बिगत साँढे दुइ दशक देखि गायन क्षेत्रमा रहनु भएकी ममता दिपबिम हामी मध्ये धेरैले सुनेको नाम हो। भर्खरै ममताको नयाँ गीत “मनका कुरा” को भिडियो सार्वजनिक भएको छ।
सुरिलो रुख साललाई हो जस्ता चर्चित गीत गाउनु भएकी ममताको बाल्य काल पारिवारिक सांगीति माहोलमा बितेको थियो। पिता मदन दिपबिम बस्नेत एक बरिष्ठ संगीतकार हुनुहुन्छ भने माता शिव दिपबिम बस्नेत पनि गायिका हुनुहुन्छ।
उसो त शीला बहादुर मोक्तानबाट शाश्त्रिय संगीत सिक्नु भएकी ममताले आठै बर्षको कलिलो उमेरमा पहिलो गीत रेकर्ड गराउनु भएको हो। ५ दर्जन भन्दा धेरै गीत र ४ वटा म्यूजिक एल्बम पस्कन सक्षम ममता १९९९ मा अमेरिका छिरे पछि भने गायन अलिकती सेलाउनुभयो। लामो समय पछि नयाँ गीत “मनको कुरा” को भिडियो समेत ल्याउनु भएको छ ममताले।ममता संगको २१ मिनेटको कुराकानीबाट उहाकाबारे धेरै कुरा थाहा भयो।
मनको कुरा सुन्न तलको लिंक क्लिक गर्नुहोस:
https://www.youtube.com/watch?v=Bb56jQlRBOM&feature=youtu.be
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!