प्रधानसेनापति थापा र युरोपियन युनियनका राजदूत

प्रधानसेनापति थापा र युरोपियन युनियनका राजदूत बीच शिष्टाचार भेटवार्ता

Hollywood Khabar February 24,2019 Comments

२०७५ फाल्गुन १३ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग युरोपियन युनियनका महामहिम राजदूत H.E. Ms. Veronica Cody ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री थापा र महामहिम राजदूत Ms. Cody बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो। सोही क्रममा Ms. Cody ले दैविप्रकोप उद्धार कार्यमा नेपाली सेनाले गरेको कार्यको प्रशंसा गर्दै नेपाली सेनासंग भईरहेको सहकार्यलाई अझ तिव्रता दिदै यस कार्यमा नेपाली सेनाको क्षमतालाई अभिबृद्धि गर्न सहयोग समेत गर्ने बताउनु भएको थियो ।