-ByteDance Founder, CEO, and Chairman of the Board Yiming Zhang

ByteDance को TikTok असुरक्षित हुँदाहुँदै पनि कला, अस्श्लि र मनोरंजन सबैको भकारी

Hollywood Khabar June 08,2020 Comments

कृष्ण के सी/अमेरिका/६/९/२०

एउटा चिनिया कम्पनि ByteDance ले सुरु गरेको TikTok अहिलेको दुनियाँमा तहल्काको अर्को नाम भएको छ। चर्चित स्टार मात्र होइन भर्खरै नेपालकी पूर्व अधिराजकुमारी हेमानी शाहको पनि भिडियो चर्चामा पुग्यो।

उसो त अमेरिकी सैनिक सेवामा रहेकाहरुले अफिस सेलफोनबाट यो TikTok चलाउन पाउँदैनन। अमेरिकी सेनाले यसलाई सुरक्षित मानेको छैन। तर पनि TikTok ले दुनियाँ खाएको छ। झन यो कोरोनाको समयमा त TikTok ले आकास नै उचालेको छ। अन्य सामाजिक संजाललाइ पनि धक्का दिएको छ।

एप्पलका स्टिब जब जस्तै TikTok एप तथा ByteDance कम्पनिका Founder, CEO, and Chairman of the Board रहेका Yiming Zhang ले यो TikTok यतिधेरै चर्चामा आउला भनेर सोचेका पनि थिएनन् होला। चर्चामा पुगेपछि मात्र होइन ByteDance मा चाइना ट्राभल, रियल स्टेट र थुप्रै अन्य ब्यबसायीक फेसिलिटी पनि छन्। तर सबै भन्दा धेरै चर्चित चाहिं TikTok हुन पुग्यो। Nankai University बाट सफ्टवेर इञ्जिनियरिङमा बिए गरेका Yiming Zhang यो TikTok का प्रमुख हुन्।

आफ्नै र तत्कालै कुनै दोश्रो सफ्टवेरको प्रयोग नगरी सोझै छोटो भिडियो अपलोड गर्न मिल्ने TikTok लाइ सामाजिक संजालको पछिल्लो जायन्ट मान्न थालिएको छ। छोटो भिडियो, इफेक्ट, अडियो लगायत थुप्रै अप्शन प्रयोग गरेर अपलोड गर्ने मिल्ने TikTok भिडियो धेरै चर्चामा छ। हाल १.५ बिलियनले यो एप डाउनलोड गरेका छन्।

उसो त यसले कला संस्कृति, परिचय र पहिचान मात्र दिएको छैन केहि असमान्जस्यता पनि दिएको छ। यो प्रतिभा, प्रतिस्पर्धा र मनोरंजन मात्र होइन बिकृतिको भकारी पनि भएको छ। केवल लिनेले छानेर लिने कुरा हो। अन्य सामाजिक संजाल जस्तो सबै ठाउँमा यो TikTok हेर्न कठिन हुन्छ। यसले हल्ला मच्चाउँछ। यो यसको सबै भन्दा ठूलो डिफेक्ट हो।

TikTok का हाल सम्मका पार्टनरहरु विश्वविख्यात कर्पोरेटहरु KOATUE, GENERAL ATLANTIC, HILL HOUSE CAPITAL, KKR, SEQUDIA CAPITAL, SIG, AOFT BANK, SOURCD CODE CAPITAL रहेका छ्न।

बेइजिङ, साँघाई, लस एन्जलस, न्युयोर्क, लण्डन, पेरिस, बर्लिंन, दुबाइ, मुम्बई, सिंगापुर, जाकर्ता, सिओल, टोकियो लगायत चर्चित १२६ शहरहरुमा १५० वटा अफिसहरु छन्। नोवेम्बर २०२९ सम्म ByteDance का ६० हजार कर्मचारी र १५ वटा सर्च एण्ड डेभलपमेन्ट सेन्टर रहेका थिए।