-टिपरको ठक्करबाट दुर्घटना भएको कार

टिपरले दुइवटा कारलाई ठक्कर दिंदा ७ जना घाइते 

Hollywood Khabar November 15,2019 Comments

३०,कार्तिक,तनहुँ ।तनहुँको कोत्रे खोला पुलमा टिपरको ठक्करबाट ७ जना घाइते भएका छन्।शनिबार पोखराबाट तनहुँतर्फआउंदै गरेको ग १ ख ७८४७ नम्बरको टिपरको ठक्करबाट ग २ च ५४६९ नम्बरका कार चालक पोखरा १० रामबजार निवासी २९ बर्षका युवराज भट्टराई गम्भिर घाइते भएको कास्की प्रहरीले जनाएको छ ।सोहि कारमा सवार स्याङजाकी २७ बर्षीया प्रतिमा पोख्रेल सामान्य घाइते भएकी छन्।टिपरले अर्को जिपलाई समेत ठक्कर दिदा जिपमा सवार ५ जना घाइते भएका छन्।घाइते हुनेहरुमा युवराज अधिकारी, लक्ष्मि अधिकारी, सिता देवि तिमिल्सिना, राधा सुवेदी, देवि कोइराला रहेका छन्।