-UNA अमेरिकाको लिटिल ट्यालेन्ट आइडलको अडिसन लस एन्जल्समा हुदै

UNA अमेरिकाको लिटिल ट्यालेन्ट आइडलको अडिसन लस एन्जल्समा हुदै

Hollywood Khabar May 10,2019 Comments

लस एन्जल्स/अमेरिका आयोजकबाट प्राप्त

युनाइटेड नेप्लिज एसोशिएशन अमेरिका-यूएनएको चौथौ सम्मेलनको उपलक्षमा आयोजित नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडलको अडिसन लस एन्जल्समा पनि हुने भएको छ।

मे १२, २०१९ आईतबार हुने उक्त अडिसन अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन युवा प्रतिवाहरूको क्षमता अभिवृद्दिका लागि यस्तो कार्यक्रम गर्न लागिएको लस एन्जल्स क्षेत्रका संयोजक टेक लामाको भनाई छ।

७ बर्षदेखी १६ हर्ष सम्मका लस एन्जल्स वरिपरिका शहरबाट आफ्नाे प्रतिभा (Talent), UNA Little Talent, California Audition मा सहभागी हुन कार्यक्रम संयोजक टेक लामाले सबै अभिभावकहरुलाई अनुरोध समेत गरेका छन्।

सो यूएनए चौथौ सम्मेलनका लागि सांस्कृतिक समितिका संयोजक एवं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढाले संयोजन गरिरहेका छन्। नेपालीहरुको बाक्लो बस्ती रहेका राज्यहरुमा नेपाली समाजका प्रतिष्ठित व्यक्ति मध्येबाट निर्णायकहरु छनौट गरिएको समेत बताइएको छ।

यसै शिलसिलामा क्यालिफोर्नियाको लस एन्जल्समा नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका, लुकेका युवा प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि अडिसनको आयोजना गरिएको हो।

यहाँबाट छानिएका ट्यालेन्ट आइडलहरु Semi Final Round को लागि New York जानेछन्। निर्णायकहरुमा क्विज़ कनटेक्सको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाकी महिला संयोजक इन्दिरा त्रिपाठी, युथ कोओर्डिनेटर स्वराज खाती, कलाकार शिला आले मगर, एस राज प्रोडक्सनका शंकर राज वाग्ले निर्णायक रहेको छन। नृत्यको लागि चर्चित नृत्यकार सुरज श्रेष्ठ लगायत अमित लुईटेल पनि रहेका छन्।

कार्यक्रम लस एन्जल्सको श्री पशुपति तथा बुद्ध मन्दिर, 10843 Kenney Street, Norwalk मा हुनेछ। सो कार्यक्रमको लागि लस एन्जल्समा अवस्थित स्थानीय सबै संघ संस्था प्रतिनिधिहरु तथा विभिन्न ब्यक्तित्वहरुका साथै सम्पुर्ण पत्रकारहरुको पनि सहयोग समर्थन रहेको छ।

****स्मरणीय कुरा, युनाइटेड नेप्लिज एसोशिएशन अमेरिकाको विगतका तीनवटै सम्मेलनमा प्रचार-प्रसारमा प्रमुख भूमिका खेल्दै आएको हलिउडखबर डटकम र अन्य केहि मिडियाहरुलाई आयोजकहरुको ब्यानरमा नियतबस अटाएका छैनन्। आयोजहरुले भेदभाव गरेता पनि संचारको निष्पक्षतालाइ मान्दै आएको हलिउडखबरले आयोजकबाट प्राप्त यो समाचारलाइ पोष्ट गरेको छ।