अमेरिकी कानुन कसरी बन्छ त?

Hollywood Khabar March 02,2017 Comments

कृष्ण के सी मार्च ३, २०१७
अमेरिकीहरु भन्छन कानुनको श्रोत भन्ने कुरा व्यक्तिहरुको नयाँ बिचार र सोच नै हो। तेसैले अमेरिकी कानुन बन्ने प्रकृया पनि व्यक्तिबाट नै सुरु हुन्छ।
कुनै कंग्रेसम्यानले एउटा बिषय जसलाई बिल भनिन्छ तेसको आवश्यकता, स्वरुप जस्ता कुराहरुको अध्यन गरि पार्लियामेन्टमा फ़ोस्टर गराउँछन्। तयार गरिएको बिषयलाई संबन्धित पार्लियामेन्ट कमिटीमा अध्यनका लागि पठाउँछन्। कमिटीले सो बिषयलाई अध्यन गर्छ। यदि बिषय/बिललाई कमिटीले कानुनी प्रक्रियामा राख्नु आवश्यक्ता ठानेको अवस्थामा छलफलका लागि पार्लियामेन्टको टेबलमा राख्छ।
पार्लियामेन्टमा बिलपास गर्न बहुमत अर्थात ४३५ मा २१८ मत आवश्यकता पर्छ। तेसरी पास भएको बिल सिनेटमा पठाइन्छ। सिनेटमा पनि विभिन्न सिनेट कमिटीहरु हुन्छन र त्यो बिल सिनेटकमिटीमा अध्यनका लागि पेश गरिन्छ। सिनेट कमिटीले सो बिल अध्यन गरि छलफलका लागि सिनेटफ्लोरमा पेसगर्छ। १०० सदस्य भएको अमेरिकी सिनेटमा बहुमतले अर्थात ५१ मतले सदर गरे सो बिल पास हुनेगर्छ।
सिनेटबाट पास भएको बिल कन्फ्रेन्स कमिटीमा जान्छ। कन्फ्रेन्स कमिटीमा सिनेटर र हाउससदस्यहरु दुवै हुन्छन। अर्थात पार्लियामेन्ट र सिनेट दुबैथरी सदस्यहरु भएको संयुक्त कमिटीलाई कन्फ्रेन्स कमिटी भनिन्छ। कन्फ्रेन्स कमिटीले हाउस र सिनेटबाट पास भएर आएका बिलको समानता र भिन्नता हेरिकन आवश्यकता अनुसार पुन: सिनेट या पार्लियामेन्टमा अन्तिम निर्णयका लागि पठाउँछ। यसरी पास भएको बिल इनरोलिङ्मा जान्छ। इनरोलिंङ् भनेको सरकारी प्रिन्टिंङ् अफिसले प्रिन्ट गर्ने काम हो।
इनरोल भएको त्यो बिल अन्तिममा राष्ट्रपति अफिसमा जान्छ। राष्ट्रपितलाई बिल सही गर्ने या VETO गरेर ओभरराइड गर्ने त्यसका लागि १० दिनको म्याद हुन्छ। राष्ट्रपतिले दुबै अवस्थामा स्वीकृति या VETO गरेर ओभरराइड गरे पनि त्यो बिल कानुन हुन्छ।
यदि सिनेटबाट पास भएको बिल हाउसमा पास भएन भने के हुन्छ भन्ने जिज्ञासा हुनसक्छ। तेस्तो बिल फेल भएको अवस्थामा पनि राष्ट्रपतिले सहि गरेको खण्डमा बिल कानुन बन्छ। अथवा सिनेटले पुन: दुइ तिहाइले पास गरेको खण्डमा पनि त्यो बिल कानुन बन्दछ। वा कन्फ्रेन्स कमिटीले पास गरेको खण्डमा पनि त्यो बिल कानुन बन्दछ। अन्यथा त्यो फेल हुन्छ।
यसरी एउटा बिल कानुन बन्ने बिभिन्न उपायहरु हुन्छन। एउटा ठाउँबाट फेल भए पनि अर्को ठाउँबाट पास हुने प्रकृयामा जानसक्छ तर पनि बिलको पहिलो ढोका भनेको पार्लियामेन्ट मात्र हो, अन्तबाट बिल छिर्न पाउंदैन। यसबाहेक कानुनका कतिपय कुराहरु कार्यन्वयन गर्न राष्ट्रपितले कार्यकारी आदेशद्धारा कार्यन्वयनको फरक स्वरुप भने दिन सक्नेछन।
सारांसमा भन्नुपर्दा बिल भनेको दुवै सदन, हाउस र सिनेटबाट पास भएर राष्ट्रपतिले स्वीकृत गरेपछि अथवा राष्ट्रपितले VETO गरेर ओभराइड गरेपछि कानुन बन्दछ र तेसलाई सरकारले कार्यान्वयनमा ल्याउँछ।