-कोभिड १९:अमेरिकामा मृत्यू हुनेको संख्या ९१ हजार, खुल्दो अर्थतन्त्र, युरोप उडान सुरु हुने

कोभिड १९:अमेरिकामा मृत्यू हुनेको संख्या ९१ हजार, खुल्दो अर्थतन्त्र, युरोप उडान सुरु हुने

Hollywood Khabar May 19,2020 Comments

कृष्ण के सी/अमेरिका/५/२०/२०

मे २०, २०२० PST बिहान ५:२० बजे सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ९१,९३८ पुगेको छ। यो समय सम्म संक्रमित संख्या १५,२८,६६१ पुगेको छ। विश्वोमा कोभिड १९ बाट मृत्यू हुनेहरुको संख्या ३,२३,७२३ पुगेको छ भने संक्रमितहरुको संख्या ४९,१८,९३८ जना पुगेको कुरा JHU को रिपोर्टमा उल्लेख छ।

यसैबीच थुप्रै राज्यहरुमा अर्थतन्त्र खुल्न थालेका छन्। क्यालिफोर्नियामा जुन पहिलो हप्तासम्ममा ७०% अर्थतन्त्र खुल्ने कुरा गभर्नर ग्याविन न्यूसमले योजना गरेका छन्। क्यानाडा र अमेरिकाबीचको बोर्डर अतिआवश्यक कामका लागि मात्र खुल्ला गरिएको छ। छिट्टै नै युरोपको हवाई उडान पनि सुरक्षित किसिमले सुरु गरिने कुरा बताइएको छ।