-सांकेतिक तस्विर

भिआइपिहरु चढ्न डेढ अर्बको  हेलिकप्टर नेपाल आयो

Hollywood Khabar September 18,2019 Comments

२ असोज,काठमाडौं।अवदेखि  भिआइपि हरु डेढ अर्ब रुपैयाँको  हेलिकप्टर चढ्ने भएका छन्।सरकारले अतिविशिष्ट र विशिष्ट पदमा रहेका व्यक्तिको सवारीका लागि खरिद गरेको डेढ अर्ब रुपैयाँको  हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरको उडान तथा सञ्चालन समेत नेपाली सेनाबातट  हुने गरि नेपाली सेनामार्फत नै हेलिकप्टर खरिद गरिएको जनाएको छ ।प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले यसमा सैन्य लोगोमा नहुने भएकाले प्राधिकरणमा औपचारिक रुपमा दर्ता गरेपछि भिआइपिका लागि  हेलिकप्टर प्रयोगमा आउने बताए।