अमेरिकी उपराष्ट्रपतिको नियमित काम कस्तो होला?

Hollywood Khabar March 25,2017 Comments

कृष्ण के सी

हामी मध्ये धेरैलाइ थाहा नहुन सक्छ कि अमेरिकाका उपराष्ट्रपतिले दैनिक रुपमा के कस्तो काम गर्छन र बिशेष रुपमा के कस्तो जिम्मेवारी हुन्छ आदी इत्यादी। छोटो रुपमा सो बारे आज जानकारी दिने प्रयास गरेको छु।  

अमेरिकाको संबिधानले अमेरिकी उपराष्ट्रपतिलाइ सिनेटको अध्यक्षता गर्ने जिम्मेदारी दिएको छ। यसबाहेक उपराष्ट्रपतिले राष्ट्रपतिको सहायकको रुपमा काम गर्नेछन। राष्ट्रपति प्रशासनमा महत्वपूर्ण स्थानको समेत ब्यबस्था गरेको छ उपराष्ट्रपतलाई।अर्थात उपराष्ट्रपति भनेको अमेरिकाको दोश्रो उच्च ओहोदाको पद हो। राष्ट्रिय सुरक्षा परिषदमा उपराष्ट्रपति संबैधानिक पदिय सदस्य रहने ब्यबस्था छ।

उपराष्ट्रपति भनेको कुनै पनि बेला राष्ट्रपति हुन र भै-परिआउँदा कार्यबाहक लिन तयार भएर रहने पद हो। तेसैले यसलाई अंग्रेजीमा “The Vice President is only "a heartbeat away" from becoming the President” भनिन्छ। हाल सम्मको इतिहासमा ८ जना राष्ट्रपतिहरुको कार्यकाल हुँदै मृत्यू भएको रेकर्ड पाइएको छ। यसमध्ये ४ जनाको हत्या र बाँकी ४ जनाको सामान्य कारणले मृत्यू भएको हो। सो अबधिमा उपराष्ट्रपतिले कार्यबाहक चलाएको इतिहास छ। उपराष्ट्रपति मध्ये ४ जना भने राष्ट्रपतिको निर्वाचनमा गएर निर्वाचित भएको इतिहास छ।यो अर्थमा १२ जना उपराष्ट्रपतिहरु राष्ट्रपति भएको देखिन्छ।  

उपराष्ट्रपतिले सिनेटमा मत बराबर भएको अवस्थामा टाइ ब्रेक गर्नमात्र मत दिन पाउने छन्। यसलाई टाइ ब्रेकिङ् अथोरिटी भनेर संबिधानमा ब्यबस्था गरेको छ। निर्वाचनका बेला राष्ट्रपितका उम्मेद्धारले उपराष्ट्रपतिका उम्मेद्धार पिक गर्ने चलन छ र राष्ट्रपतिका उम्मेद्धारले जिते उपराष्ट्रपतिका उम्मेद्धारले पनि जित्छन र हारे हार्छन।