-ओलीको दोहोरी खेल: विवाद बढे नेपालतिर विवाद नहुँदा दाहालतिर

ओलीको दोहोरी खेल: विवाद बढे नेपालतिर विवाद नहुँदा दाहालतिर

Hollywood Khabar October 29,2020 Comments

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र मात्र होइन अरु पार्टीसँग पनि दोहोरी खेल्न जानेका छन्। नेकपा हुनुपूर्व एमाले हुँदा पनि कहिले वामदेब त कहिले झलनाथ खनालको खेल खेलेर चलेका थिए।

पार्टीमा अल्पमतमा परेपछि अर्का अध्यक्ष पुष्प कमल दाहाल गुहारे अनि यो पटक कर्णाली प्रदेशको विवाद चरम रुपमा बढेका हुनाले बरिष्ठ नेता माधव कुमार नेपाल गुहारे। यति मात्र होइन आगामी अध्यक्षको लागि गत पटक दाहाललाइ प्रस्ताव गरेका ओलीले यो पटक वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन्।

सबैलाई थाहा छ कि ओलीको आश्वाशन कहिल्यै पनि टिकाउ र भर पर्ने हुँदैन। यो कुरा नेपाल पक्षलाइ थाहा छ। नागरिक न्यूजका अनुसार कार्तिक ४ र ११ मा दुई नेताको भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन नेपाललाइ आग्रह गरेको कुरा उल्लेख छ। नागरिकका अनुसार, मंगलबार ओली र नेपालबीच भएको एकल भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ।