-पूर्वअर्थमन्त्री युवराज खतिवडा

अमेरिकाको लागि पूर्व अर्थमन्त्री खतिवडा र बेलायतको लागि रेग्मी राजदूत सिफारिस

Hollywood Khabar September 30,2020 Comments

नेपाल सरकारले केहि मनोनयन, फेरबदल र परिवर्तन गर्ने भएको छ। सेप्टेम्बर १, २०२० बिहीबारको मन्त्रिपरिषदको निर्णय अनुसार अमेरिकाका लागि राजदूत पूर्वअर्थमन्त्री युवराज खतिवडालाइ सिफारिस गरेको छ।त्यसैगरी बेलायतका लागि लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ। अमेरिकाका लागि वर्तमान राजदूत डा अर्जुन कार्कीलाइ राष्ट्रिय सभाको रिक्त पदमा लैजाने प्रधानमन्त्री केपी ओलीको योजना बाम देव गौतमको कारण रोकिएको थियो। यदि सर्वोच्चले बाम देवको मनोनयनलाइ बदर गरिदियो भने डा कार्की राष्ट्रिय सभाबाट मन्त्री बन्नेछन। यो समाचार हलिउडखबरले केहि हप्ता पहिला नै सम्प्रेषण गरेको थियो।