पैसा

Hollywood Khabar April 11,2023 Comments

-इन्दु पन्त लोहनी, चण्डोल, काठ्माण्डौ, अप्रिल १०, २०२३

पैसा, पैसा , पैसा ,साहस दिन्छ पैसा
पैसा , पैसा , पैसा ,घातक छ पैसा
जीवन धान्ने जरूरतको साधन हो पैसा
इज्जतदार कहलाउने माध्याम हो पैसा
यसकालागि मान्छेहरु कहां, कहां पुग्छन्
माया ममता सब त्यागेर पैसामा नै भुल्छन् ।

अहम् बढाउछ पैसाले दुर्गुण यसको भारी
जति पैसा भो उति पैसामै लोभ रहन्छ जारी
भोग विलास , तृष्णा बढ्छ पैसाले मन मोही
शीवका तेस्रो नेत्र खुल्छ पैसाकै मुख देखी
आंखा वरिपरि चकाचौंध पैसाको हो रंग
सुख सयल मोज-मजा , पैसाले पार्छ दंग
रमझम जीवन सब आफन्त पैसा भएसम्म
नभए पैसा तर्कन्छन् सब स्वार्थले आंखा टम्म
चोर , फटाहा ,डाका सब पैसाले बनाऊछ
ईर्ष्या,लोभ र विकृति सब पैसाले बढाऊछ
यति निष्ठुरी पैसा हो रे यसकै पछि किन लाग्छौं ?
जादैन साथ थाहा छ तैपनि पैसाकै निम्ति मर्छौं ।

पाइन्न किन्न तर पैसाले अमरबुटि कतै
पाईन्न किन्न पैसाले प्रेमसुधा कतै
पाईन्न किन्न पैसाले शान्ति पनि कतै
पाईन्न किन्न पैसाले अस्तित्व पनि कतै !!!

*********

**इन्दु पन्तका अरु कविता**

जवानी 

सेतीको खोंचमा यती

भोट कसलाई हालुँ

छोराको रहर

वृक्ष: म

शान्तिदूत: बुद्धप्रति

जागिर

पुरुष बनी हेर्दा

नारी आत्मा

वसन्ती

विश्वसम्पदा लता

रातो गुलाफ-प्रेमदिवसका सन्दर्भमा

होडबाजी

आजभोलि

आगो र पानी

आज सल्लाह छ!

जादुगर