राजेन्द्र कुमार-आरके शर्मा

एनआरएनमा श्रेष्ठलाइ बेच्न पूर्ण-प्रकाश होडबाजी, गठबन्धनका उम्मेदवार आरके शर्मा

Hollywood Khabar September 21,2023 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर २१, २०२३ 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को रसियन गुटले अक्टुवर २०२३ मा गर्ने भनिएको अन्तराष्ट्रिय महाधिवेशन नहुने पक्का कारण छन्। तर पनि दर्जनौ व्यक्तिहरुले उम्मेदवार हुँ भनेर फेसबुक लगायतमा सक्रियता देखाएका छन। 

तिनीहरु मध्ये मुख्यगरि अध्यक्षका लागि तीन जनाको नाम चर्चामा छ। एमालेका डा बद्रि केसी, पूर्णबहादुर खड्काका महेश श्रेष्ठ र गठबन्धनका राजेन्द्र कुमार-आरके शर्मा। उस्तो त अघिल्लो पटक ३ जना र यो पटक ८ अध्यक्ष कार्यसमिति बनाउने र ३/३ महिना पालो दिने कुरा पनि उठेका छन्।

एमालेका केसी भेरोले डामेर जित्ने भन्दै १७०० प्लस मतको ट्रंपकार्ड लिएर बसेका छन्। त्यसको रिमोट बटन लिएर बसेका गौरीराज जोशी पनि उनीतिर नै छन्। केवल कसको ढ्वाङ्गमा कति मत देखाउने भन्ने ब्रेकडाउन भने मनोनयन पछि मात्र भेरोमा जानेछ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशसरण महतबीच बिचरा बनेका महेश श्रेष्ठलाइ कसले टोकन बेच्ने भन्ने लडाइ चल्यो। तर “गाई की त्रिशूल” टस नै नगरी पूर्णबहादुरले सुटकेशलाइ लुटकेश पारेका छन्।

स्मरणीय कुरा, उपसभापति खड्का र महामन्त्री गगनकुमार थापाले गत मार्च २०२२ मा पनि लुट्केशकै कारण एनआरएन फुटाएका हुन्। त्यसपछि प्रकाशसरण महतले सभापति शेरबहादुर देउबालाई खड्का-थापाको कहानी बताए। अन्तत सभापति देउबाले सोच बदलेका छन्।

यसैबीच प्रधानमन्त्री प्रचण्डले आफू नजिक रहेका आरके शर्माको नाम गठबन्धनको तर्फबाट प्रस्ताव गरेका छन्। देउबाले आँखा झिम्काएपछि महत समूह शर्मातिर लागेका छन। अब शर्माको दुवै हातमा लड्डु पर्ने संकेत देखा परेको छ। प्यानल नबनाई बसेका शर्माले संकेत पाउने बितिक्कै आफूले प्यानल बनाउँदै गरेको कुरा बताए।

त्यसपछि जिबा लामिछाने गुटका महेश श्रेष्ठ र डा उपेन्द्र महतो गुटका डा बद्रि केसीको मिलिजुली गराएर डा बद्रि केसीलाइ पानी छिम्कने होमवर्क गर्दैछन्। यदि यसो भयो भन्ने श्रेष्ठको पछाडी लागेका कांगेसका भक्तहरुको हविगत भनेको ओथारो बसेकी पोथीले छोडेका चल्ला जस्तो हुनेछ। त्यसमाथि भेरोले डामेपछि त सबै सखाप हुनेछन।

आरके शर्माबारे: