अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल

अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललाइ चौथो पटक आर्को ४ बर्ष पदभार थप

Hollywood Khabar April 04,2024 Comments

कृष्ण के सी, अमेरिका, अप्रिल ४, २०२४ 

नेपाल सरकारले अमेरिकाको साउदर्न क्यालिफोर्निया निवासी अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललाइ अर्को ४ बर्षको लागि पदभार थप गरेको छ। महावाणिज्यदूत ढकाल क्यालिफोर्नियाको दक्षिणी भेग ग्रेटर लस एन्जलस शहरमा बस्दै आउनु भएको छ।

पहिलो पटक २०१३ मा वाणिज्यदूतबाट सेवा सुरु गर्नुभएका ढकाल, २०१५ मा महावाणिज्यदूतमा बढुवा हुनुभयो। त्यसैगरी २०१७ मा अर्को पटक पदभार थप पाउनु भएका ढकाललाइ नेपाल सरकारले २०२० मा ४ बर्षको लागि पदभार थप गरेको थियो। यो पटक नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले महावाणिज्यदूत ढकालको आगामी ४ वर्षको लागि पदभार थप गर्ने निर्णय गरेको हो।

महावाणिज्यदूत ढकाल सफल ब्यबसायी मात्र नभएर नेपाली समुदायको लागि थुप्रै योगदान गर्ने सम्मानित व्यक्ति हुनुहुन्छ। कोरोनाको संक्रमणकालमा नेपाली समुदायमा उहाँको योगदान सह्रानीय रहन गयो। यस बाहेक नेपाली समुदायलाइ सपोर्ट गर्न, नेपाली कला संस्कृति, भाषा, पर्यटन र नेपाली उत्पादनको ब्यापार प्रबर्धनमा पनि उहाँको योगदान प्रसंसनिय रहेको छ। 

यति मात्र होइन अमेरिकाको पश्चिम क्षेत्रमा नेपाली राहदानी वितरण, एनआरएन परिचय पत्र लगायतका कन्सुलर सेवाको लागि दुइ-दुइ शहर लस एन्जलस र सान फ्रान्सिस्कोमा अस्थाई थुप्रै पटक कन्सुलर सेवा प्रदान गर्ने कार्यमा पनि उहाँले संयोजनकारी भूमिका र योगदान गर्दै आउनु भएको छ। महावाणिज्यदूत ढकालले आगामी दिनमा आफूले गर्दै गरेका कामको निरन्तरता दिने र थप नयाँ कामहरु गर्ने कुरा हलिउडखबरलाइ बताउनु भयो।

पहिलाका समाचार

अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललाइ अर्को ४ बर्ष पदभार थप

महाबाणिज्यदुत ऋषि ढकाललाई क्यालिफोर्नियाका दुवै शहरमा सम्मान गरिने