पर्दा पछाडि मेल, जनसंपर्कमा जालझेल:बाहिर निको होइजा, भित्र भित्र कुइजा

Hollywood Khabar June 25,2017 Comments

कृष्ण के सी/अमेरिका
नेपाली जनसंपर्क समिति अमेरिकाका संबद्धपक्षहरुले पछिल्लो अवस्थामा आसन्न NRNA अमेरिकाको निर्वाचनलाइ लिएर भएको गतिविधि हेर्दा नेतृत्वबर्गमा नेपालको माउ पार्टी नेपाली काँग्रेस भन्दा नेपाल कम्यूनिष्ट पार्टी एमालेको निर्यण हावी भएको स्पस्ट देखिएको छ।
हदै सम्मको मिडिया गिरावट भोगेका नेपाली जनसंपर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले चिरा-चिरा भएको समितीलाइ पछिल्लो पटक एउटा लाइनमा ल्याउने बोल्ड निर्णय गर्नुभयो। त्यो कुराको सर्वत्र प्रसंसा भयो। काँग्रेसीहरु खुसी भए र आपसमा शुभकामना आदान-प्रदान गरे। महिनौ सम्म त्यो चर्चा चल्यो र अन्तत स्थापनाकाल देखि हुन नसकेको प्रथम साधारण सभा पनि सम्पन्न भयो। साँस्थाले गति लियो। एउटा अध्यक्षले सहि निर्णय गर्दा सँस्था अगाडि जान्छ भन्ने दरिलो उदाहरणको प्रमाणित भयो।
तर यहाँनेर अर्को एउटा कुरा भन्नु सान्दर्भिक होला। जब-जब आनन्द बिष्टले आफ्ना नजिक मानिने सारथीलाइ सुनेर निर्णय गर्नुभयो या निर्णय सुम्पनुभयो समिति टुक्रिंदै गयो। समिति प्रति बितृष्णा मात्र होइन जनसम्पर्क समितिको सदस्य हुँ भन्दा पनि लाज लाग्ने अवस्था आएको थियो।
अर्को कुरा जब उहाँले आफ्नै निर्णय एक पटक मात्र लिनुभयो तब समिति एक भयो, साधारण सभाहुन सक्यो।यसबाट के थाहा हुन्छ भने यदि उहाँले भविष्यमा संस्थालाई दरिलो स्थानमा पुर्याउने हो भने निर्णय आफैले गर्नु जरुरी छ। रेडिमेड निर्णयलाइ सदर गर्ने होइन। अन्यथा त्यो मिलापको निर्णयले ल्याएको बहारको कुरा बाहिर बाहिएर निको होइजा भित्र भित्र कुइजा भनेको जस्तो मात्र हुनेछ।
त्यो एउटा संस्थागत रुपले गतिलिने अवस्थामा पुगेको समितीमा फेरि पनि बिष्टकै नाम भजाएर गुप्त रुपले एमाले समर्थित उम्मेदवार बोक्नु र त्यसैलाई मरिमेट्नु भनेको राजनैतिक नैतिकताको संस्कार होइन भन्छन काँग्रेसीहरु। एकजना नेविसंघका पूर्व-केन्द्रिय सदस्यले भन्नुभयो - त्यो त संस्था भन्दा व्यक्ति हावी भएको अवस्था हो।
हुन पनि के कुरा सहि मानिन्छ भने एउटा साधारण व्यक्तिलाई जो मनपर्छ उसैलाइ मत दिने, मन परेको पार्टी छान्ने अनि प्रचार गर्ने अधिकार छ र हुनुपर्ने पनि त्यसै हो। एउटा संस्थाले अर्को संस्थाको चुनाबबारे निर्णय लिने र निति बनाउने काम गर्न सक्दैन केवल शुभकामना दिनेमात्र हो। तर यदाकदा जनसम्पर्क समतिको निर्यण भन्दै NRNA उम्मेदवारको समर्थनका कुरा पिट्न मिल्दैन। अबश्य पनि व्यक्ति पद बिनाको अवस्थामा स्वतन्त्र हुन्छ र सघाउन सक्छ भन्ने कुरा सर्वाबिधित नै छ।
अर्को विल्कुलै फरक पक्ष, काँग्रसको आदर्शको कुरा गर्ने, अधिवेशनको प्रतिनिधिको पदिय बिल्ला भिर्नेहरु अनि राजनैतिक रुमपा नेपाली काँग्रेसको आधिकारीक संस्था हुँ भन्ने, चारतारे झण्डा राखेर कार्यक्रम गर्ने अनि सघाउने चाहिँ एमालेलाइ हो भने त्यो राजनैतिक आदर्श भित्र पर्दैन। त्यो अर्थमा जम्मा दुइ कुरा हुन्छन, कि त समितिको नाम दिन बन्द गर कि आदर्शको बाटो रोज। उनीहरु सर्वसाघरण व्यक्ति होइनन, नेपाली काँग्रेसको साधारण र क्रियासिल सदस्यता दिने आधिकारिक व्यक्तिहरुले त्यसो गर्न मिल्दैन भन्छन स्वयं काँग्रेसीहरु।
कि त साधारण व्यक्ति जस्तो बन्नु पर्यो, कि NRNA मा चासो दिन छोड्नु पर्यो, पर्दा पछाडिको कंस होइन मैदानको अर्जुन बन्नुपर्यो। यहाँ सम्मकी जनसम्पर्क समतिको निर्णय भनेर भजाउने पनि पछि परेनन साथीहरु, कुरा बुझेकाले त्यसो भन्न मिल्दैन होइन भने गफ दिनु भएन। नेपाली जनसम्पर्क समिति अमेरिकाको एउटा टुकडिले NRNA अमेरिकाको चुनावलाइ लिएर पर्दा पछाडि गरेको यस्तो जालझेलको खेलबाट तीनवट उल्टा असर पर्नेछ।
१. त्यो एउटा गुटसंग जोडिएका कारण पहिलो असर खगेन्द्र जिसीलाइ पर्नेछ। यो हर्कतले जिसीको अवस्था एनआरएनएमा पछाडी धकेलिएको मात्र होइन उहाँप्रति अमेरिकाको एनआरएनहरुको समर्थनमा ठूलो ह्रास आएको छ। भविष्यमा आइसीसीमा उम्मेदवार हुँने हो भने पहिलाको जस्तो अमेरिकी डेलिगेट्सहरुको ठूलो समर्थन पाउने अवस्था आउँदैन। जब आफ्नै देशको समर्थन बलियो भएन भने अरुसँग के माग्ने ?
२. दोश्रो कुरा जनसम्पर्क समिति फेरि पनि धार-धारमा टुक्रिएको छ। दुइवटा धारले काँग्रेस बोकेका छन् तर अध्यक्ष बिष्टकै नाम भजाउने सारथीले, आगामी कार्यकालको अध्यक्षको प्रत्यासी भन्दै जय नेपालको नाममा एमाले बोकेको छ। अन्तत त्यो धारले बोकेका एमाले समर्थित उम्मेदवारलाइ बीच बाटोमै लगेर कि त बरिष्ठमा आउ नभए घर जाउ भनेर छोड्ने तयारी भएको पक्का हो। यसलाई पर्दा पछाडिको खेल भन्ने गरिन्छ र त्यो खेलमा पनि झेल भएको छ। त्यो टुकडिले तयार पारेका उम्मेदवार अर्कै छन्। बजारमा बोकेका त डमी उम्मेदवार मात्र हुन्, खर्च-पानी जुटाउनको लागि। सबै भन्दा ठूलो तड्का मारेको झड्का एकजना अध्यकक्षका प्रत्यासीले पाउने छन, त्यो पनि छिट्टै।
३. तेश्रो कुरा टुकडीले NRNA ICC को आगामी कार्यकालका अध्यक्षका प्रत्यासी रहेका कुमार पन्तको नाम भजाएको छ। कुमारजीको संलग्नता हो या होइन त्यो त जानिएन, बिना आधार आरोप लगाउन पनि मिलेन। तर पन्तजीको नाम भजाउँदा उहाँप्रतिको सम्मानमा गिरावट आएको भने अवस्श्य छ। यदि यो कुरा सही हो भने विश्वभरि छरिएर रहेका नेपालको करिव एक तिहाइ जनसंख्याको प्रतिनिधित्व गर्न अध्यक्ष हुन्छु भनेर लागेका व्यक्ति पन्तीजीको लागि संस्था भन्दा एउटा व्यक्ति ठूलो भन्ने लान्छना लाग्ने छ। उहाँबाट त्यस्तो भएको छैन भन्ने विश्वास यो पंक्तिकारको हो।
पर्दा पछाडीको इन्द्रजाल बुन्दैमा मैदान जितिन्छ भन्ने होइन। कसैको नाम भजाउँदैमा चुनाव जितिने पक्कै होइन। यो पर्दा पछाडिको खेल सुन्नमा रमाइलो भएता पनि नतिजा चाँहि तुहिएको हाता लाग्नेछ।