-कोभिडले युगान्डामा मृत्य भएका खडगीका परिवारलाई अफ्रिकाबाट तीन लाख दशहजार सहयोग

कोभिडले युगान्डामा मृत्य भएका खडगीका परिवारलाई अफ्रिकाबाट तीन लाख दशहजार सहयोग

Hollywood Khabar July 29,2021 Comments

गत आषाढ २९ गते कोरोना संक्रमणमा परि युगान्डाको कम्पालामा निधन भएका तनहु, भानुभक्त नगरपालिका वार्ड नम्बर ६, सिमपानीका ४७ बर्षिय हिराबहादुर खडगीका परिवारलाई एनआरएनए अफ्रिका राहत कोषका तर्फबाट आज एनआरएनएका निवर्तमान अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले तीन लाख दशहजार नगद सहयोग हस्तान्तरण गरेका छन।

कार्कीले आज तनहुँ, भानुभक्त- ६, सिम्पानी स्थित उनको घरमा गइ उनकी श्रीमती शुशिला माया खडकी सहित परिवारलाई भेटी उक्त रकम हस्तान्तरण गरेका हुन। अफ्रिकामा रहेका नेपालीहरुको तर्फबाट उक्त रकम सहयोग जुटाई सहयोग गरिएको हो। एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले कोष र सहयोगिहरुलाई धन्यवाद दिदै, उनी कार्यरत कम्पनीबाट समेत सहयोग जुटाउन एनआरएनएले पहल गरि राखेको बताएका छन।

कोभिडले अफ्रिकामा मृत्य हुने खडगी छैटो नेपाली हुन।एनआरएनए अफ्रिका राहत कोषको पहलमा यस अघि पनि अफ्रिकामा कोरोनाले मृतकका परिवारलाई सहयोग गर्दै आएको छ। साथै यस अघि पनि बिबिध कारणले अफ्रिकामा अप्ठ्यारोमा परेका नेपालीहरुलाई कोषले सहयोग गरि राखेको छ।कोरोना संक्रमणले अप्ठ्यारोमा परेकालाई खानपिन र औषधी उपचारमा सहयोग, नेपाल फिर्तीको ब्यबस्था लगाएतका कार्य अफ्रिकाका नेपालीहरु बाट सहयोग जुटाई गरिरहेको कोषका संयोजक हिक्मत थापाले बताउनु भयो।

उहाँले सधै झै यस बेला पनि सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई हार्दिक आभार गर्नु भयो।केही महिना अघि मात्र नेपालका १४ दुर्गम जिल्लाका ३५ अस्पताल र स्वास्थ्यकेन्द्रहरुमा करिब साठीलाख बराबरको अक्सिजन सिलिन्डरहरु तत्काल पुगाई नेपालमा अफ्रिकाका एनआरएनहरुले सहयोग गरेका थिए।