-तस्विर वेव

आजबाट बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा शुरु हुँदै

Hollywood Khabar August 28,2018 Comments

१४ भदौ,काठमाडौं।आजबाट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा शुरु हुँदैछ।भोलिसम्म चल्ने सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सोल्टी होटलमा गर्नेछन् ।सम्मेलनमा सहभागिताका लागि सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री आउने क्रम जारी छ।सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बिमस्टेकको मन्त्रीस्तरीय बैठकले चौथो सम्मेलनका लागि विभिन्न १६ एजेन्डा तय गरेको छ।परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार सदस्य राष्ट्रहरूबीच कनेक्टिभिटी, गरिबी निवारण, अन्तरक्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्रमुख प्राथमिकतामा राखिएको छ ।बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा व्यापार सहज बनाउन गर्न लागिएको विद्युत प्रसारण लाईन ग्रिड इन्टरकनेक्सन्सको एमओयूमा हुने हस्ताक्षरलाई सम्मेलनको सबैभन्दा महत्वपूर्ण विषयको रुपमा हेरिएको छ ।