https://www.youtube.com/embed/GopQ6Usv29s

Talks with Bashu Phulara Attorney at Law-US Immigration

TPS निर्णय १/२ दिनमै, नेचरलाइज्ड सिटिजन पनि रिभोक प्रावधान:फुलारा

Hollywood Khabar April 22,2018 Comments

कृष्ण के सी/अमेरिका
इमिग्रेशन फोरम या इमिग्रेशन चौतारीको कार्यक्रम सन २००८ देखि संचलान गर्दै आइएको हो। यो पटक हलिउडखबरको इमिग्रेशन फोरममा कानुन ब्यबसायी बाशु फुलारासंग बिशेष गरेर TPS, EDV र नयाँ इमिग्रेशन पोलिसी, केही इमिग्रेशन इश्यू लगायत हलिउडखबरसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
कानुन बिज्ञ फुलाराका अनुसार अमेरिकी अध्यागमनमा TPS संबन्धि निर्णय हप्तादिन भित्रमै आउने अवस्था छ। ८५०० भन्दा धेरै नेपालीहरु TPS को स्टाटसमा बसेका छन्। यो निर्णयसंगै उनीहरुको पर्खाइ पूरा हुनेछ।
त्यसैगरी EDV बन्द हुने जस्ता कुराहरुको अनुमानबारे फुलारा भन्नुहुन्छ- यो कंग्रेसबाट बनेको कानुन हो त्यसैले सजिलै बन्द हुने भन्ने होइन। त्यसमा पनि नेपालका लागि ५० हजार सम्म पुग्न सक्ने प्रावधान रहेकाले त्यो संख्या पुगेको अवस्था छैन। हाल यो बन्द हुने भन्ने कुरा छलफल र सोचको कुरा हो तर नीति र कानुन बनेको अवस्था छैन।
फुलारा भन्नुहुन्छ, केही अवस्थामा नेचरलाइज्ड सिटिजन पनि रिभोक हुन सक्छ। झुटा स्टेटमेन्ट पेस गरेको प्रमाणित भएमा, सैनिक सुविदाबाट सिटिजन बनेको र सैन्य कार्बाही भएको अवस्थामा, राष्ट्रघात र आतंकवादीलाइ सहयोग, संलग्न या समर्थन गरेको अवस्था जस्ता कुरामा नेचरलाइज्ड सिटिजनशिप पनि रिभोक हुन सक्छ।
तपाइको डिभाइसबाट भिडियो खुलेन भएन तलको यो यूट्यूब लिंक क्लिक गर्नुहोस:

https://youtu.be/GopQ6Usv29s